बैतडीमा जंगली जनावरको आतंक, मकैबाली जोगाउन दिन-रात बारी कुरेर बस्नु पर्ने बाध्यता
Updated on August 11, 2026
बैतडी । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिने बैतडीमा पछिल्लो समय जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसानहरू हैरान भएका छन्।
बाँदर, बँदेल, र दुम्सीजस्ता जंगली जनावरले मकैबालीमा क्षति पुर्याउन थालेपछि किसानहरू चिन्तित बनेका हुन्। दिउँसो बाँदर र रातिको समयमा बँदेल, भालु तथा दुम्सीबाट मकै जोगाउन किसानहरू बारीमै टहरा बनाएर रातभर जाग्राम बस्न बाध्य भएका सुर्नया गाउपालिका ०४ स्थानिय रामसिह भाट ले बताउनुभयो
दिनभर रातभर बारी कुरेर बसे पनि मकै जोगाउन नसकिएको किसानहरूको गुनासो छ। मेहनत गरेर लगाएको बाली जंगली जनावरले नष्ट गर्न थालेपछि यस वर्ष उत्पादन घट्ने र आर्थिक क्षति बेहोर्नुपर्ने चिन्ताले किसानहरू थप समस्यामा परेका छन्।
किसानहरूले जंगली जनावर नियन्त्रण तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।