Popular Posts

अनुमति बिना पार्टीको नाम प्रयोग नगर्न रास्वपा सुर्नयाको र्निर्देशन

बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्नया गाउँपालिका समितिले पार्टीको नाम उल्लेख गरी अनधिकृत रूपमा विभिन्न गतिविधि सञ्चालन भइरहेको भन्ने जानकारी तथा गुनासो प्राप्त भएपछि सदस्य, शुभेच्छुक र समर्थकलाई आधिकारिक निर्णय र जानकारीबिना कुनै पनि कार्यक्रम तथा गतिविधि नगर्न निर्देशन दिएको छ।

समितिले जारी गरेको सूचनामा पालिका समितिको आधिकारिक निर्णय, निर्देशन वा पूर्व जानकारीबिना पार्टीको नाममा कार्यक्रम, विरोध, अवरोध वा अन्य कुनै गतिविधि नगर्न आग्रह गरिएको छ। सार्वजनिक सरोकारका विषयमा पार्टीको तर्फबाट धारणा, खबरदारी वा कार्यक्रम आवश्यक परेमा पालिका समितिलाई जानकारी गराई समितिको निर्णयअनुसार मात्रै अघि बढाइने उल्लेख गरिएको छ।

यस्तै, सूचनापछि व्यक्तिगत रूपमा गरिने कुनै पनि गतिविधिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने र त्यस्ता गतिविधिलाई राष्ट्रिय स्वतन्त्र पार्टी सुर्नया गाउँपालिका समितिको आधिकारिक निर्णय वा धारणा नमानीने स्पष्ट पालिका सभापति हरजित विष्टले जानकारी दिनु भयो।

समितिले पार्टीको अनुशासन, मर्यादा र संगठनात्मक एकता कायम राख्न सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समर्थकलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *