Skip to content
Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

सबै

रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै

Unknown's avatar
By Manmohan singh Bist
२०८३ जेष्ठ २२ गते, शुक्रबार १६:०१ 1 Min Read
0

बैतडी, असार २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुने भएको छ । वडा तथा पालिका अधिवेशन सम्पन्न गरिसकेको रास्वपा बैतडीले जिल्ला अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
अधिवेशनमा सहभागी हुन वडा र पालिकास्तरबाट छनोट भएका प्रतिनिधिहरू तथा पार्टीप्रति आस्था राख्ने कार्यकर्ताहरू पाटन पुग्ने क्रम जारी रहेको छ । अधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको पार्टीले जनाएको छ ।
कार्यक्रममा बैतडीबाट निर्वाचित माननीय हरिमोहन भण्डारी सहित केन्द्र तथा प्रदेशस्तरीय नेताहरूको सहभागिता रहने बताइएको छ । केन्द्रीय तथा प्रदेशको टोली आजै बैतडी पुग्ने कार्यक्रम रहेको छ ।
अधिवेशनमा पालिका समितिका पदाधिकारी तथा सदस्यहरू, पालिका विभागका प्रमुखहरू, प्रत्येक पालिकाबाट सिफारिस गरिएका एक महिलासहित तीन जना प्रतिनिधि, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू तथा जिल्ला, प्रदेश र केन्द्रीय विभागका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।
जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको संगठन विस्तार, भावी कार्ययोजना तथा राजनीतिक गतिविधिबारे समेत छलफल हुने जनाइएको छ ।

Unknown's avatar
Author

Manmohan singh Bist

Follow Me
Other Articles
Previous

तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा

No Comment! Be the first one.

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You May Have Missed

सबै

रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २२ गते, शुक्रबार १६:०१
सबै

तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २० गते, बुधबार ०९:४७
सबै

श्री राष्ट्रिय मा.वि. फाटीगडा को ७ सदस्यीय नया विद्यालय व्यवस्थापन समिति गठन

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ १३ गते, बुधबार २०:४४
सबै

२०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरुहुने ,नेपाल ग्रुप’ए’ मा

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ ५ गते, मंगलवार २२:२३

हाम्रो बारेमा

बैराथ मिडिया नेटवर्क प्राइभेट लिमिटेड कम्पनी द्वारा संचालित खबर थली अनलाइन पत्रिका ।khabarthali.com

सूचना विभाग दर्ता नं : ३०५३४९/०७९/०८०

सम्पर्क: ९८४८८३५५२३, 9847530171

बिज्ञापनका लागि सम्पर्क : 9847530171 / ९८४८८३५५२३

mail@khabarthali.com

सम्पादक : लोकेन्द्र ब. टेर

संवाददाता : मनमोहन सिंह बिस्ट, हरिशचन्द्र भाट, केशब सिंह धामी, किरन महरा।

बजार, व्यवस्थापक : निर्मला महरा, 9848835523

PRIVACY POLICY

Copyright 2023 — Khabarthali. All rights reserved.