बैतडीको सुर्नया ०५ मा सञ्चालित सिलाई कटाई तालिम सम्पन्न
बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका०५ मा आयोजित ५२ दिने सिलाई कटाई तालिम सफलतापूर्वक हिजो सम्पन्न भएको छ।
सुर्नया गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त तालिममा १२ जना महिलाहरूले सहभागी जनाएका थिए। महिलाहरूको आत्मनिर्भरता र सीप विकासलाई लक्ष्यमा राखी सञ्चालन गरिएको तालिमले सहभागीहरूलाई सिलाई कटाई सम्बन्धी व्यावसायिक ज्ञान प्रदान गरेको छ।
तालिम प्रशिक्षकले सहभागी महिलाहरूको सीपमा उल्लेखनीय प्रगति भएको जनाउँदै अब उनीहरूले घरमै बसेर आम्दानी गर्न सक्ने आत्मविश्वास हासिल गरेको बताए।
कार्यक्रममा सहभागी महिलाहरूले यस्तो अवसर प्रदान गरेकोमा गाउँपालिका र आयोजकप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ लामो अवधि र उन्नतोस्तरको तालिमको माग समेत गरेका थिए