Skip to content
Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

समाचार

बाद,तन्त्रका बिरूद्ध ब्यबस्था फेरियो तर अवस्था फेरिएन

Unknown's avatar
By Manmohan singh Bist
२०८२ बैशाख १२ गते, शुक्रबार १२:१८ 3 Min Read
0


  केशव कुँवर  : आज गणतन्त्र मनाइरहँदा देशभक्त राष्ट्रप्रेमी न्याय प्रेमी नागरिकले स्मरण गर्नैपर्छ, देशमा राजतन्त्र देखि निरंकुश राणशासन , पंचायती व्यवस्था ,बहुदलीय व्यवस्था हुँदै प्रजातन्त्र र अहिले गणतन्त्रको  व्यवस्था मा आईपुग्दा सम्म राष्ट्र ले निकाश पाउन सकेको छैन्। आज फेरि त्यहि राजतन्त्र पुनः स्थापनाका लागि आवाज उठाउने हरूको भिडमा राजावादी र अवसरवादीहरू लागि परेका छन्। कुनै बेला बहुदल चाहियो त कहिले प्रजातन्त्र चाहियो ,फेरि राजा हैन अब गणतन्त्र चाहियो भन्दै गणतन्त्रको पक्षमा एतिहासिक ठुलो आन्दोलन पश्चात गणतन्त्र ल्याइयो। तर आज फेरी तिनै व्यक्तिहरु मध्ये कोहि-कोहि फेरि राजा चाहियो भन्दै राजतन्त्रको समर्थन गर्दै छन् , कोहि ब्यक्तिहरू अबस्था र ब्यबस्था ठिक छैन् भन्दै बर्तमान राजनीति प्रति आक्रोस ब्यक्त गर्दै जनमानसमा बितृष्णा बढेको छ।
  

  देश बनाउन कुनै तन्त्र वा बादले देश समृद्ध र बिकसित हुन बाधक हुन सक्दैन। यदि यसो हो भने चिनमा कम्युनिष्ट छ, अमेरिकामा पुजीवाद छ,भारतमा लोकतान्त्रिक पद्धति छ ,अरबमा राजतन्त्र छ तैपनि त्यहाँ त्यतिकै बिकास उन्नति र प्रगती भएकै छ। त्यहाँ कसरी सम्भव भयो त ? तपाईं हामिले निष्पक्ष भै सोचौँ बिचार गरौँ त? त्यहाँको बिकास र समृद्ध भ‌एको भनेको त्यस देशको नेतृत्वमा दृढ़ ईच्छा शक्ति , राष्ट्र र राष्ट्रियता प्रति ईमानदारिता र दृढ़ संकल्पले गर्दा संभव भएको हो।
  

   हाम्रो देशमा आज सम्म यो तन्त्र त्यो तन्त्र भनेर जनतालाई अल्मलाएर आफू पद र सत्तामा पुग्ने दाउपेच बाहेक केही हुन सकेको छैन। देशको उन्नति र प्रगती त देशका सम्पूर्ण नेता जनता सहित सबैको सामुहिक ईच्छा शक्तिले , आत्म अनुशासन ले ,देश र जनता प्रतीको ईमान्दारीताले हुने कुरा हो ।
नेपालमा एक-दुई छाक मासुभात दुईचार लिटर पेट्रोल , दुई चार हजार पैसाको लागि जुनै पनि पार्टीको झन्डा बोक्न अघि सर्ने र बन्द हडताल गर्न पछि नपर्ने व्यक्तीहरु कदापी सचेत र देश प्रती बफादार जनता हुनै सक्दैन।
       

  दलाल भ्रष्टाचारीहरू नेताहरुले  देश र जनताको नारा दिएर आम मानिसमा भ्रम सिर्जना गरि आफ्नो व्यक्तिगत स्वार्थ र ईगो साध्नको लागि मात्र तपाईं हामिलाई प्रयोग गर्न खोजिरहेका छ्न्  त्यसैले कसैको इशारामा चल्ने कठ्पुतली नबनौ। यथार्थ सहि गलत बुझेर सहिलाई सहि र गलत लाई गलत भन्न सक्ने बन्नु सक्नु पर्छ, कसैको भड्काउ र उचालेको भरमा हिंस्रक र अराजक गतिविधि गर्नु भनेको झोले बन्नु बाहेक अरू केही पनि होइन।
       

    चिन्ता यत्ति हो,यहाँ हामि कहाँ  सच्चा देशभक्त नैतिकवान र इमान्दार मान्छेको कमी छ। हाम्रो देशको यो गति हुनुमा राजा,नेताहरु  देखि लिएर आम जनता सबैको दोष बराबर छ।देशको आमूल बिकास र परिवर्तन गर्छु भनेर हिड्नेहरु नै निकम्मा देखिए। देशको बागडोर सम्हालेका हरुले नै आफू र आफ्ना आसेपासेहरूको पक्षपोषणमा लिप्त रहे। पटक पटक यो वाद र त्यो वाद गर्दै तन्त्र फेरे व्यबस्था फेरे तर उनै मध्ये पटक पटक देशको उच्च नेतृत्वको पदमा बसेर र पुगेर पनि देश चलाउने परिपाटी बदल्न सकेनन्।  झन-झन एक पछि अर्को गर्दै ठुल्ठुला काण्डहरु गर्दै गए। पदमा पुग्ने जति सबैको रबैया उस्तै रह्यो कसरी अरुलाई पछार्ने र कसरी आफू सधै सर्वशक्तिमान भएर बस्ने भन्ने मा मात्र प्रतिस्पर्धा हुन थाल्यो। व्यक्तिगत र पार्टीगत स्वार्थको दाउपेचमा देशलाई नै दाउमा लागी परेका छन् । राजनैतिक खिचातानी, राष्ट्रिय सम्पत्ति र ढुकुटी को चरम  दुरुपयोग अनि भ्रष्टाचारमा लिप्त भै देश  र जनतालाई भ्रममा राख्दै गए पद पावर र पैसाको आडमा न्यायलय समेतलाई प्रभावित पार्दै गए। यसैको  प्रतिकार स्वरुप जनताले स्वःस्फूर्त रुपमा आज हजारौं युवाहरु, किसानहरू,बिभिन्न पेशागत स्वास्थ्य कर्मी, शिक्षकहरू, ब्यबसायीहरू सडकमा आएर विकल्प खोज्न बाध्य भ‌एका छ्न।


  यदि देशको साच्चिकै सर्वांगीण बिकास र  उन्नति गर्ने हो भने देश बिकासको निमित्त कुनै पनि किसिमको बाद र व्यबस्था भन्दा पनि पहिले आम जनमानस देखि उच्च-पदर्थ  व्यक्तिहरुको व्यबहारमा परिवर्तन हुनु अत्यन्तै जरुरी छ। अन्यथा कुनै वाद र तन्त्रलाई दोष दिएर कोहि व्यक्ति विशेष,पार्टी विशेष र अरु बिदेशी शक्तिलाई दोष दिएर कोहि पनि आफुहरु पानी माथिको ओभानो हुनु पर्दैन।


  मेरो बिचारमा सम्पुर्ण नेपालीमा आ-आफ्नो भित्री हृदय देखि नै सबैभन्दा पहिला र सबैभन्दा माथी देश लाई राख्न सक्नु पर्दछ भन्ने नै हो। राष्ट्रिय गान गाउने र फोटो खिचेर स्टाटस् पोष्ट गर्दैमा राष्ट्रवादी हुने हैन राष्ट्रवाद भन्ने कुरा राष्ट्रियता प्रती गर्व गर्न,उत्तरदायी हुनु पर्‍यो।


समय र परिस्थिति अनुरुप परिमार्जित गर्दै जानू पर्छ। त्यसमा भएको नराम्रो पक्षलाई निरुपण गर्दै सकारात्मक र समयसापेक्ष कुरालाई समेटदै जान्नु पर्दछ। देश मा बिकृती र बिसंगती फैलिएमा वा बढेको खण्डमा यो देश बिग्रनमा अरुको जत्तिकै मेरो पनि दोष छ र बनाउन मा पनि अरुहरुको बराबरी मेरो पनि त्यतिकै हक ,अधिकार र कर्तव्य छ ,भन्ने कर्तव्यबोध हुनुपर्छ । यदि प्रत्येक नेपालीले  यस्तो भावना मन,मुटु र हृदयमा राखेर लागि पर्ने हो भने केही समय भित्र नै हाम्रो देश एक समृद्ध र सम्पन्न मुलुक बन्न सक्छ।    

              केशव कुँवर
               संयोजक
        महाराष्ट्र राज्य समिति
मातृभूमि जागरण अभियान भारत प्रबास
साँफेबगर नगरपालिका वडा नं ८ सुदुरपश्चिम अछाम जिल्ला

Unknown's avatar
Author

Manmohan singh Bist

Follow Me
Other Articles
Previous

बैतडी पाटन महोत्सवको समय ३ दिन थपियो

Next

अछामको साँफे बजारमा आगलागी,१० पसल जलेर नष्ट

No Comment! Be the first one.

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You May Have Missed

सबै

रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २२ गते, शुक्रबार १६:०१
सबै

तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २० गते, बुधबार ०९:४७
सबै

श्री राष्ट्रिय मा.वि. फाटीगडा को ७ सदस्यीय नया विद्यालय व्यवस्थापन समिति गठन

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ १३ गते, बुधबार २०:४४
सबै

२०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरुहुने ,नेपाल ग्रुप’ए’ मा

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ ५ गते, मंगलवार २२:२३

हाम्रो बारेमा

बैराथ मिडिया नेटवर्क प्राइभेट लिमिटेड कम्पनी द्वारा संचालित खबर थली अनलाइन पत्रिका ।khabarthali.com

सूचना विभाग दर्ता नं : ३०५३४९/०७९/०८०

सम्पर्क: ९८४८८३५५२३, 9847530171

बिज्ञापनका लागि सम्पर्क : 9847530171 / ९८४८८३५५२३

mail@khabarthali.com

सम्पादक : लोकेन्द्र ब. टेर

संवाददाता : मनमोहन सिंह बिस्ट, हरिशचन्द्र भाट, केशब सिंह धामी, किरन महरा।

बजार, व्यवस्थापक : निर्मला महरा, 9848835523

PRIVACY POLICY

Copyright 2023 — Khabarthali. All rights reserved.