“निमित्तमै अड्किएको सुर्नया: विकास सुस्त,जनता हैरान
बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत (हाकिम) नहुँदा निमित्तको भरमा सञ्चालन हुँदै आएको छ। स्थायी प्रशासनिक नेतृत्वको अभावले सेवा प्रवाह र विकास कार्यमा असर परेको स्थानीयवासीले गुनासो गरेका छन्।
निमित्त अधिकृतको जिम्मेवारीमा सञ्चालन हुँदा निर्णय प्रक्रियामा ढिलाइ हुने, महत्वपूर्ण कामहरू अड्किने र दैनिक प्रशासनिक कार्यमा समस्या आउने सेवाग्राहीलाई पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता सिर्जना गरेको स्थानिय युवा हरिश कुवँर ले बताए।
उहाका अनुसार, “निमित्तको भरमा काम गर्दा दिर्घकालीन निर्णय हुँदैन, काम बीचमै रोकिन्छ।” यस्तो अवस्थाले विकासका योजनाहरू समेत प्रभावित भएको उनको भनाइ छ।
स्थानीय तहमा स्थायी नेतृत्व नहुँदा बजेट कार्यान्वयन, योजना स्वीकृति तथा अन्य प्रशासनिक कार्यहरूमा ढिलाइ भएको देखिन्छ। यसप्रति सरोकारवालाहरूले चासो देखाउनुपर्ने स्थानियहरुले माग गरेका छन।