दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु
बैतडी : दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो।
ब्यास गाउँपालिका ३ सिना बस्ने ३८ वर्षीय कल्याण सिह धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा लुहारलाई ठक्कर दिँदा घाईते भएका लुहारको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यालय दार्चलाले जनाएको छ।