गाउँ गाउँमा सिहं दरबार,वडा र पालिकाबाट दोहोरो भत्ता,मोटरसाइकल हुँदा हुँदै भाडामा गाडी
बैतडी,सुर्नया:बैतडीको सुर्नया गाउपालिका अहिले विवादमा तानिएको छ।
महालेखापरीक्षक ले सार्बजनिक गरेको प्रतिबेदन मा सुर्नया का जनप्रतिनिधि र क्रमचारीहरूले पाउनु पर्ने रकम भन्दा धेरै लिएइको पाइए पछि अहिले सुर्नया गाउपालिका को चर्को बिरोध भइरहेको हो।
महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको २०८० सालको प्रतिवेदन अनुसार दोहोरो भत्ता, गाडी भाडा देखी पेश्की समेत जनप्रतिनिधीले लिएको पाइन्छ ।
सुदुरपश्चिम प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सम्बन्धी ऐन २०७५ (पहिलो सशोंधन) समेतको दफा ३ मा स्थानिय तहका पदाधिकारीले अनूसूची १(क),१(ख),१(ग) मा उल्लेख भएको भन्दा बढी हुने गरी सेवा सुबिधा दिन मिल्दैन । तर गाउँपालिकाका पदाधिकारीहरुले कानुन भन्दा दोब्बर बढी दोहोरो सुबिधा लिएको पाइएको छ
महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको २०८० सालको प्रतिवेदन अनुसार दोहोरो भत्ता, गाडी भाडा देखी पेश्की समेत जनप्रतिनिधीले लिएको पाइन्छ । सुदुरपश्चिम प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सम्बन्धी ऐन २०७५ (पहिलो सशोंधन) समेतको दफा ३ मा स्थानिय तहका पदाधिकारीले अनूसूची १(क),१(ख),१(ग) मा उल्लेख भएको भन्दा बढी हुने गरी सेवा सुबिधा दिन मिल्दैन । तर गाउँपालिकाका पदाधिकारीहरुले कानुन भन्दा दोब्बर बढी दोहोरो सुबिधा लिएको पाइएको छ
वडा अध्यक्ष मदन अवस्थीले कानुन अनुसार २४ हजार पाउनुपर्नेमा पालिकाबाट थप १४ हजार लिएको पाइएको छ । केशव बहादुर बिष्टले ३ हजार, भान बहादुर बोहराले १० हजार, भक्त बहादुर कुँवरले ७ हजार, प्रताप महराले १० हजार, शम्भु प्रसाद भट्टले ६ हजार, गणेश बहादुर बिष्टले ९ हजार, पार्वती मडैले ४ हजार बढी भत्ता लिएका छन् । यस्तै कमलापति भट्टले ४ हजार, निर्मला अवस्थीले ११ हजार र कमला चन्दले ४ हजार बढी भत्ता लिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार यि पदाधिकारी तथा सदस्यहरुले ८५ हजार रुपयाँ असुल गर्नुपर्ने देखिएको छ । नियम बिपरित बुझेको भत्ता फिर्ता गर्न महालेखाले सुझाएको छ ।
यस्तै गाउँपालिकाका जनप्रतिनिधिहरुले कानुनमा नभएकै गाडी रिजर्ब सम्बन्धी बिषयमा रकम लिएको पाइएको छ । महालेखाको प्रतिवेदन अनुसार स्थानिय तहका पदाधिकारी एवं सदस्यहरुको सेवा, सुबिधा सम्बन्धी ऐनमा सरकारी साधन नभएका वडा अध्यक्षका लागी २ हजार र सदस्यलाई प्रति बैठक ५ सय रुपयाँ दिन मिल्ने उल्लेख छ । तर सुनर्या गाउँपालिकामा सवारी साधन भएकै वडा अध्यक्षहरुले यातायात खर्च लिएका छन्, भने एनमै नभएको गाडी भाडा वाफत समेत रकम लिएका छन् ।
गाडी भाडा वाफत गणेश बिष्ट, कमलापति बिष्ट, दासी ढोली र कमला चन्दले कार्यपालिका सदस्यहरुलाई बैठकमा आवतजावत गराउन भनी ८ हजार रुपयाँ बुझेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्तै गणेश बिष्ट, कमलापति बिष्ट, सम्भु शाह, दासी ढोली र कमला चन्दका नाममा थप ८ हजार ऐन बिपरितको खर्च देखिएको छ । यि लगायतका पदाधिकारी तथा सदस्यहरुका नाममा कानुन बिपरित गाडी भाडा लगायतका शिर्षकमा २ लाख ३४ हजार २ सय रकम निकाशा भएको छ । महालेखाले सो खर्चलाई नियम सम्मत नदेखिएको जनाएको छ ।