Popular Posts

बैतडी बस दुर्घटना अपडेट: २० जना घाइते, ५ को अवस्था गम्भीर

बैतडी बस दुर्घटना अपडेट: २० जना घाइते, ५ को अवस्था गम्भीर

बैतडी, १९ असार । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–९ गैराखानमा शुक्रबार दिउँसो भएको यात्रीवाहक बस दुर्घटनामा परी २० जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी चौकी खोडपेका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख ३१६३ नम्बरको यात्रीवाहक बस दिउँसो साढे ३ बजेको समयमा सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रहरीद्वारा तीव्र उद्धार दुर्घटनाको खबर प्राप्त हुनासाथ खोडपे प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) कृष्ण राज भट्टको कमाण्डमा ५ जना र इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक (प्र.नि.) इन्द्र राज भट्टको कमाण्डमा थप २५ जना गरी कुल ३० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको छ। दुर्घटनास्थल खोडपेबाट करिब ५–६ किलोमिटर उत्तरतर्फ पर्दछ।

🏥 घाइतेहरूको पूर्ण विवरण र उपचार भइरहेको स्थान:

प्रहरी टिपोटका अनुसार घाइतेहरूलाई चोटपटकको प्रकृति र अवस्था हेरी विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाइएको छ:

१. डडेल्धुरा/धनगढी रिफर गरिएका गम्भीर घाइतेहरू (५ जना):

  • जनक प्रसाद पन्त (४३): पाटन न.पा.–६ (कान र टाउकोमा गम्भीर चोट) – डडेल्धुरा
  • सिदार्थ भण्डारी (११): पाटन न.पा.–६ (टाउको, खुट्टा र कम्मरमा गम्भीर चोट) – डडेल्धुरा
  • दीपक बि.क. (३१): पाटन न.पा.–६ (टाउकोमा गम्भीर चोट) – डडेल्धुरा
  • नाम नखुलेका पुरुष (करिब ६० वर्ष): पाटन न.पा.–८ (अवस्था गम्भीर) – डडेल्धुरा हुँदै थप उपचारका लागि धनगढी रिफर
  • नाम नखुलीएकी महिला (करिब ५५ वर्ष): (अवस्था गम्भीर) – खोडपे, बैतडी

२. मध्यम घाइतेहरू (५ जना):

  • दिनेश भाट (२५): पाटन न.पा.–३ (बस चालक) – खोडपे
  • रमेश महर (४०): ठेगाना नखुलेको – खोडपे
  • अरुण महर (१४): ठेगाना नखुलेको – खोडपे
  • अनुग्रा कुमारी ठगुन्ना (३५): पुचौँडी न.पा.–१ (दुवै हात र दाहिने आँखामा चोट) – खोडपे
  • जनक राज जोशी (२६): दशरथचन्द न.पा.–९ (टाउकोमा चोट) – डडेल्धुरा

३. सामान्य घाइतेहरू (१० जना):

  • दुरा बोहरा (२५): ठेगाना नखुलेको – खोडपे
  • सागर ठगुन्ना (उमेर नखुलेको): दशरथचन्द न.पा.–४, साईलेक – खोडपे
  • निर्मला कार्की (५४): दशरथचन्द न.पा.–४, साईलेक – खोडपे
  • नरेश लावड (उमेर नखुलेको): दशरथचन्द न.पा.–२ (घुँडा र ढाडमा चोट) – खोडपे
  • रत्ना कुमारी भण्डारी (३५): पुचौँडी न.पा.–८ (कम्मर र टाउकोमा चोट) – खोडपे
  • दिपा महरा (उमेर नखुलेको): डडेल्धुरा (ढाडमा चोट) – खोडपे
  • धना पहरी (उमेर नखुलेको): दशरथचन्द न.पा.–६ – खोडपे
  • महोन पन्त (३१): पाटन न.पा.–६ (दाहिने खुट्टा र अनुहारमा चोट) – खोडपे
  • पुष्कर बिष्ट (४०): सुर्नया गा.पा.–२ – खोडपे
  • माया बिष्ट (२०): सुर्नया गा.पा.–२ – खोडपे

बसमा सवार कुल यात्रीहरूको यकिन संख्या अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *