1
1
सुर्नया–४, बैतडी — राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडा, सुर्नया गाउँपालिका–४ मा ६७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भोलि भव्य रूपमा मनाइने भएको छ।
विद्यालय परिवारका अनुसार, कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ र अभिभावक, पूर्वविद्यार्थी, स्थानीय बासिन्दा तथा शिक्षाप्रेमी महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, नाटक लगायत आकर्षक सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन् भने उत्कृष्ट विद्यार्थी, शिक्षक तथा सहयोगीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिनेछ। साथै, विद्यालयको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिने कार्यक्रम पनि तय गरिएको छ।
विद्यालयले यस विशेष अवसरलाई शिक्षा र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने अवसरका रूपमा लिँदै सबैलाई उपस्थित भई कार्यक्रम सफल पार्न आग्रह गरेको छ।

