आइतबार, २२ कार्तिक २०८३Sunday, 8 November 2026
काठमाडौं १६°काठमाडौं --°

khabarthali

शुभ दीपावली तथा तिहारको शुभकामना

दिया एजुकेशनद्वारा बासुलिङ धार्मिक सेवा समितिलाई सामग्री सहयोग

हरिशचन्द्र भाट
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
३७ पटक ० २ मिनेट पढाइ
दिया एजुकेशनद्वारा बासुलिङ धार्मिक सेवा समितिलाई सामग्री सहयोग


बैतडी । काठमाडौंको कीर्तिपुरमा सञ्चालित दिया एजुकेशनले बैतडीस्थित बासुलिङ धार्मिक सेवा समितिलाई कार्यालय सञ्चालन तथा सामाजिक गतिविधिका लागि आवश्यक विभिन्न सामग्री सहयोग गरेको छ।

दिया एजुकेशनका सञ्चालक तथा कोरियन भाषा प्रशिक्षक विवेक भट्ट र भास्कर भट्टले समितिका पदाधिकारीका लागि ब्याग, टी–सर्ट, आईकार्ड तथा कार्यालय सञ्चालनका लागि आवश्यक रजिस्टर, कलम, लेजरलगायतका सामग्री उपलब्ध गराएका हुन्।
उक्त सहयोगले समितिको कार्यालय व्यवस्थापन तथा धार्मिक र सामाजिक गतिविधि सञ्चालनमा सहजता थप्ने अपेक्षा गरिएको छ।

समितिका अध्यक्ष गणेशदत्त भट्टले दिया एजुकेशनबाट प्राप्त सहयोगले कार्यालय सञ्चालन तथा संस्थागत गतिविधिलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताए।

त्यस्तै, समितिका उपाध्यक्ष विनोदप्रसाद भट्टले धार्मिक तथा सामाजिक गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै दिया एजुकेशनको सहयोगी भावना र सामाजिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गरे। उनले यस्ता कार्यले समाजमा सहकार्य, सद्भाव र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

बैतडीको सुर्नया गाउँपालिका–३, तडीगाउँमा जन्मिएका विवेक भट्ट र भास्कर भट्टले काठमाडौंमा दिया एजुकेशन सेन्टर स्थापना गरी विद्यार्थीलाई भाषा प्रशिक्षण प्रदान गर्दै आएका छन्। उनीहरूले भाषा शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउनुका साथै शिक्षा, सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा समेत सक्रियता देखाउँदै आएका छन्।

विशेषगरी कोरियन भाषा प्रशिक्षक तथा समाजसेवीका रूपमा परिचित विवेक भट्ट र उनका भाइ भास्कर भट्टले आफ्नो व्यावसायिक गतिविधिसँगै जन्मभूमि र समाजप्रतिको दायित्वलाई समेत प्राथमिकता दिँदै आएका छन्।

शिक्षा, सामाजिक सेवा र धार्मिक क्षेत्रलाई जोड्दै अघि बढेका भट्ट दाजुभाइको यस पहलको स्थानीयस्तरमा प्रशंसा भइरहेको छ। यस्ता सहयोगी कार्यले धार्मिक संस्थाको व्यवस्थापन सुदृढ बनाउनुका साथै सामाजिक उत्तरदायित्व, आपसी सहकार्य र मानवीय सेवाको भावनालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
खबरथली डटकम | बैतडी

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबर थलीका समाचार प्रमुख हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

सबै समाचार (२५९)

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।