आइतबार, २२ कार्तिक २०८३Sunday, 8 November 2026
काठमाडौं १६°काठमाडौं --°

khabarthali

शुभ दीपावली तथा तिहारको शुभकामना

बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता हुँदै, स्थानीय तहलाई सहभागी पठाउन आग्रह

Manmohan singh Bist
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
८ पटक ० १ मिनेट पढाइ
बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता हुँदै, स्थानीय तहलाई सहभागी पठाउन आग्रह

बैतडी — बैतडी जेन्जी युवा समूहको आयोजनामा बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
जिल्लाका युवाहरूको प्रतिभा उजागर गर्ने, नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा विचार अभिव्यक्तिको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समूहले जनाएको छ।

समूहले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै प्रतियोगितामा सहभागी पठाइदिन आग्रह गरेको छ। पत्रअनुसार नगरपालिकाबाट महिला तथा पुरुषको समावेशी सहभागिता सुनिश्चित हुने गरी तीन जना र गाउँपालिकाबाट दुई जना प्रतिभाशाली तथा इच्छुक युवालाई छनोट गरी पठाउन अनुरोध गरिएको छ।

प्रतियोगिता आगामी २०८३ कात्तिक ८ गते बिहान ८ बजे बैतडीको पाटन खुला मञ्चमा सञ्चालन हुने जनाइएको छ।प्रतियोगितामा प्रथम हुनेले १५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र, द्वितीय हुनेले ११ हजार १११ रुपैयाँसहित प्रमाणपत्र र तृतीय हुनेले ५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

छनोट भएका सहभागीहरूको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण कात्तिक ६ गते दिउँसो १२ बजेसम्म आयोजकलाई पठाउनुपर्नेछ। प्रतियोगिताको वक्तृत्वकला शीर्षक भने सोही दिन साँझ ५ बजे उपलब्ध गराइने आयोजकले जनाएको छ।
बैतडीका युवाहरूमा रहेको प्रतिभा प्रस्फुटन गराउँदै उनीहरूको नेतृत्व र वक्तृत्वकला क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

Manmohan singh Bist

मनमाेहन सिंह बिष्ट खबर थलीका सम्पादक हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

सबै समाचार (४९)

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।