आइतबार, २२ कार्तिक २०८३Sunday, 8 November 2026
काठमाडौं १६°काठमाडौं --°

khabarthali

शुभ दीपावली तथा तिहारको शुभकामना

अब क्रिप्टोबाट पनि नेपालको विपद् राहत कोषमा सहयोग गर्न सकिने

Manoj Mahara
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
१० पटक ० १ मिनेट पढाइ
अब क्रिप्टोबाट पनि नेपालको विपद् राहत कोषमा सहयोग गर्न सकिने

काठमाडौं । विश्वभरका क्रिप्टोकरेन्सी प्रयोगकर्ताले अब NepalRelief.org मार्फत नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सक्ने भएका छन्।

सहयोगका रूपमा पठाइएको क्रिप्टो भने नेपालभित्र प्रवेश गर्ने छैन। विदेशमै USDC हुँदै अमेरिकी डलरमा रूपान्तरण गरेपछि रकम SWIFT बैंकिङ प्रणालीमार्फत नेपाल पठाइनेछ।

पोर्टलले Ethereum, Polygon र Solana लगायतका नेटवर्कबाट सहयोग स्वीकार गर्छ।

यो व्यवस्था नेपालमा क्रिप्टोकरेन्सी वैधानिक भएको भने होइन। नेपालमा क्रिप्टो कारोबारमाथिको प्रतिबन्ध कायमै छ। नयाँ प्रणालीले विदेशमा प्राप्त क्रिप्टो सहयोगलाई उतै डलरमा रूपान्तरण गरेर औपचारिक बैंकिङ माध्यमबाट राहत कोषमा पठाउने व्यवस्था मात्र गरेको हो।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

Manoj Mahara

मनोज महरा खबर थलीको प्राविधिक मेरुदण्ड र सह-निर्देशक हुनुहुन्छ। उहाँसँग वेब पूर्वाधार, डोमेन सुरक्षा, र सर्भर व्यवस्थापनको विशेष विशेषज्ञता छ। वेबसाइटको सुरक्षित सञ्चालन (Uptime Optimization), सुरक्षा, र आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी न्युज पोर्टललाई प्राविधिक रूपमा सुरक्षित र सबल राख्न उहाँको मुख्य भूमिका रहेको छ।

सबै समाचार (८४)

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।