आइतबार, २२ कार्तिक २०८३Sunday, 8 November 2026
काठमाडौं १६°काठमाडौं --°

khabarthali

शुभ दीपावली तथा तिहारको शुभकामना

जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा "One Hour Service" सुरू

हरिशचन्द्र भाट
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
१०७ पटक ० १ मिनेट पढाइ
जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा "One Hour Service" सुरू


बैतडी साउन ०२ : सेवाग्राहीमैत्री, छिटो, सरल र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्व तथा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख/प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा सरोकारवालाहरूको सहभागितामा हिजो "One Hour Service" कार्यक्रमको औपचारिक घोषणा गरिएको हो।

यस पहलमार्फत अन्य कार्यालयहरुमा समेत उदाहरणिय हुनुका साथै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई अझ छिटो, पारदर्शी, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

तोकिएका सेवाहरू आवश्यक कागजात पूरा भएको अवस्थामा एक घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य सहित "One Hour Service" अवधारणाको कार्यान्वयन २०८३।०४।०१ वाट प्रारम्भ गरिएको छ।
उक्त समयमा इन्टरनेट, सर्भरको समस्याका कारण वा अन्य कुनै कारणबाट सेवा प्रवाहमा ढिलो हुन गएमा सेवाग्राहिसँग माफि समेत माग्ने प्रतिवद्धता गरिएको छ।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबर थलीका समाचार प्रमुख हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

सबै समाचार (२५९)

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।