बैतडीको पाटनमा जारी बैतडी पाटन महोत्सवको समय तीन दिन बढ्ने भएको छ। बैशाख २ गतेबाट १० गतेसम्म सञ्चालन हुने महोत्सव तीन दिन थप गरिएको आयोजक नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हरिष प्रशाद जोशीले बताए।

पछिल्ला दिनहरुमा दर्शक बढदै गएकाले समय बढाउने निर्णय भएको उनले बताए। सुदूरपश्चिम प्रदेश भित्रका कलाकारलाई यो ८ दिनमा बिशेष अतिथी कलाकारको रुपमा बोलाइएको भएपनि अबका दिनमा भने चर्चीत कालाकारहरु आउने कार्यक्रमतय भएको उनले बताए।

बैशाख १० गते भोली चर्चीत गायिका तथा मोडेल ज्योति मगर आउने भएकी छन्। भने ११ गते चत्र बम, १२ गते एलिना चौहान आउने छ भने १३ गते पल शाह ल्याउने बिषयमा छलफल जारी रहेको आयोजकले जनाएको छ।

आज देउडा गायक लालबहादुर थापा अछामी बडो लगायतका कलाकारले आफ्नो प्रस्तुती राखेको थिए। भारतको कुमाउगडवालबाट मैलाली नगरपालिका घर भएका नारायण सोराडीले कलाकारको टिम लिएका थिए।

उनलेहरले नेपाली र कुमाउनी भाषाका संगीतहरु राखेका थिए भने विभिन्न मोडलहरुले नृत्य प्रस्तुत गरेका थिए। १० बजेबाट कृष्ण मावि खेलमैदान पाटनमा सञ्चालन हुने महोत्सव साझँ ६ः ३० सम्म सञ्चालन हुने गरेको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय सहितको सुरक्षा निकायको टिम समेत महोत्सवको अवलोकन गरेका छन्।

हरिशचन्द्र भाट

Leave a Reply