बैतडी : कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक राजसंस्थाबारे आफू नकारात्मक नरहेको तर हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा आफ्नो समर्थन रहने सन्देश राजसंस्था पुनःस्थापना आन्दोलनसमक्ष पठाएको बुझिएको छ।
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले लिएको संवैधानिक राजतन्त्र र नेपाली कांग्रेस तथा प्रजातान्त्रिक शक्तिहरुबीचको सहकार्यले मात्र मुलुकको स्वतन्त्र हैसियत र प्रजातन्त्र सुनिश्चित गर्छ भन्ने मान्यता बोकेका नेता लोकेश ढकालले देउवाको यो प्रस्ताव आफ्नो जानकारीमा रहेको दाबी गर्दै देउवाको यो सन्देश निर्मल निवासमा पुगेको जानकारी “देश सञ्चारलाई” बताएको खबर देश सञ्चारमा छापिएको छ ।






