बैतडी : सुर्नया गाउँपालिका वडा नं २ ग्वाननी घर भइ हाल राेजगारीकाे सिलसिलामा भारतकाे हैदराबादमा रहेका समाजसेवी युवा बिनाेद बहादुर विष्टले निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन सुर्नयाबासीका लागि सदरमुकाम सम्म जान नि:शुल्क बस सेवा प्रदान गर्ने जेन्जी युवा विशाल भट्टले बताए ।
यो सेवा मतदाता परिचयपत्र बनाउन बाँकी रहेका सुर्नयाबासीले लिन पाउने उनले बताए । उनका अनुसार, गाउँ–सहरका नागरिकलाई नाम दर्ता केन्द्रसम्म पुग्न सहयोग पुर्याउनका लागि नि:शुल्क यातायात सेवाकाे व्यवस्था गरिन लागिएको हाे ।
बस सेवा दैनिक बिहानदेखि सञ्चालन हुने छ । यसका लागि सुर्नयाका ८ ओटै वडामा सम्पर्क ताेकि व्यक्ति ताेकिएका र सम्बन्धित व्यक्तिले सहजिकरण गर्ने बताइएकाे छ ।
नागरिक सहभागिता बढाउन र कसैलाई पनि मताधिकारबाट वञ्चित हुन नदिन यो सेवा सुरू गरिएको समाजसेवी विष्टले बताए ।
गाउँका दुर्गम बस्तीहरूमा रहेका नागरिकहरूको आर्थिक अभाव र पहुँचको कठिनाइलाई दृष्टिगत बस सेवा सुरु गरिएकाे उनकाे भनाई छ ।
समाजसेवी बिष्टले कार्तिक १० गते परेकाे आफ्नो जन्मदिनको अवसरमा प्रेरणादायी सामाजिक पहलका रूपमा मतदाता परिचयपत्र बनाउन बाँकी रहेका सुर्नया गाउँपालिकाका सबै नागरिकहरूका लागि सुर्नया देखि जिल्ला सदरमुकाम गढी सम्म आवागमनका लागि निःशुल्क बस सुविधा उपलब्ध गराउने छन् ।
याे बस सेवा कार्तिक १७ गते बिहान देखि रिगा सन्सेरीमाण्डौ सतबाझ देखि जिल्ला प्रसाशन कार्यालय बैतडी सम्म सञ्चालन हुने जेन्जी युवा भट्टले बताए ।
विष्ट करिब एक दशक देखि समाजसेवाामा सक्रिय छन् । उनले गत वर्ष पनि जन्मदिनमा सुर्नया गाउँपालिका केन्द्र, सबै वडा, सामुदायिक विद्यालय, प्रहरी चाैकी केही स्वास्थ्य संस्थाहरुमा भित्ते घडी वितरण गरेका थिए ।
दुखमा परेका नागरिहरुलाई व्यक्तिगत र समाजिक सञ्जाल मार्फत सहयाेग गर्दै आएका समाजसेवी विष्ट पछिल्लो समय सुर्नयामा मात्रै नभई समग्र बैतडीबासी माझ प्रिय छन् ।
बस सेवाका लागि तल लिष्टमा रहेका व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने छ ।








