बैतडी : बैतडीको मेलौलीमा बृहत स्वराड बैतडी सास्कृतिक महोत्वस तथा व्यापार मेला २०८२लाग्ने भएको छ । पर्यटन विकास मञ्चको आयोजना तथा मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिको सहयोगमा महोत्वस आयोजना हुने लागेको हो भने मुख्य प्रायोजकमा क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभिसी महेन्द्रनगरको रहने छ ।
स्थानीय उत्पादन कला संस्कृती, संरक्षण र प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ मेलौली भवगती मन्दीको प्राङगणमा अगामी जेठ १ गतेदेखी १२ गतेसम्म महोत्वस आयोजना हुने जनाएको छ ।
महोत्सवमा लोकदोहोरी, हाँस्यब्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्त्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको प्रवर्द्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएकाे जनाएकाे छ ।
महोत्वसमा गायक रामजी खाँड, पुष्कल शर्मा, महेश औजी, एलीना चौहान, रेखा जोशी, चक्र बम, सेरी औजी लागयतका स्थानीय कलाकाहरुको प्रस्तुती रहने मुख्य प्रायोजक क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभिसी प्रो. भोजराज जोशीले बताए ।
महोत्वस स्थलमा बाल उद्यम लगायतका समाग्री जडानको अन्तिम चरणमा पुगेका व्यवस्थापक सुरेश साहले बताए । उनले स्थल बुकिङ खुल्ला गरिसकेकोले बुकिङ गर्न चाहेमा ९८५८४२०९३५, ९८४८९७१०११ नम्बरमा सम्र्पक गर्ने सकिने बताए






