पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो

काठमाडौं ११ चैत/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।
मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।

यस्तै डिजेल/मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आयल निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल निर्धारण गरेको छ ।

Manmohan singh Bist

  • Related Posts

    बैतडीको सुर्नयामा जेनजी तथा जेनवाइ समूह र गाउँपालिकाबीच सहमति

    बैतडी सुर्नया – बैतडीको सुर्नया गाउँपालिकामा जेनजी तथा जेनवाइ समूह र गाउँपालिकाबीच अन्ततः सहमति भएको छ। बुधबार अबेरसम्म चलेको दुई पक्षीय छलफलपछि सहमति जुटेको जेनजी–जेनवाइ समूहका प्रतिनिधि देव बहादुर चन्दले…

    Read more

    बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु

    बैतडी – बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु भएको छ । चैत महिनामा यहाँ दाजुभाईले दीदिबहिनीलाई भेट्ने गरेका छन् ।  चैत १ गतेदेखि यो पर्व सुरु हुन्छ । चैत महिनाको अवधिमा…

    Read more

    Leave a Reply

    You Missed

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो

    बैतडीको सुर्नयामा जेनजी तथा जेनवाइ समूह र गाउँपालिकाबीच सहमति

    बैतडीको सुर्नयामा जेनजी तथा जेनवाइ समूह र गाउँपालिकाबीच सहमति

    बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु

    बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु

    बैतडीको शिवनाथ-४ घर भएका किशोरको डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा मृत्यु

    बैतडीको शिवनाथ-४ घर भएका किशोरको डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा मृत्यु

    डडेल्धुरामा नागरिक चेतना बढाउने उद्देश्यले १२ महिना अभियान घोषणा निरज भट्टले

    डडेल्धुरामा नागरिक चेतना बढाउने उद्देश्यले १२ महिना अभियान घोषणा निरज भट्टले

    युवा समर्थनको बलमा उदाएका हरिमोहन भण्डारी को हुन ?

    युवा समर्थनको बलमा उदाएका हरिमोहन भण्डारी को हुन ?