बैतडी : सुर्नया गाउपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावित भएको छ । स्थानीय युवाहरुले बिरोध जनाएपछि सार्वजनिक सुनुवाइ हुन नसकेको हो । युवाहरूले पालिकाको कार्यालयमा तालाबन्दी नै गरिदिएका छन् ।
यसअघि पटकपटक गाउपालिकालाई सुचना माग गर्दागर्दै उपलब्ध नगराएको भन्दै युवाहरुले बिरोध जनाएका हुन् ।
गत जेठमै पालिकामा भएगरेका गतिविधिका बारेमा सूचना माग गर्दागर्दै उपलब्ध नगराएको युवा भुवन चन्दले बताए ।
कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घरभाडा खर्च, वडामा भएका मसलन्द खर्चको नाममा भएको १३ लाखबढीको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारिएको उनले बताए ।
२०७४ सालदेखिका हरहिसाब अघि राख्न माग राखेको समेत युवा बिशाल भट्टले बताए । “हामिले पटकपटक सूचना माग गर्यौ, तर उपलब्ध गराएन, सुचना लुकाएर कार्यक्रम गर्न पाइदैन, हाम्रा माग सार्वजनिक गर, अनि कार्यक्रम अघि बढ्छ” भट्टले भने ।
सार्वजनिक सुनुवाइ कार्यक्रम नै बिथोलिएर स्थगित गरिएको छ।
गाउपालिका अध्यक्ष अमर बहादुर कुवरले पत्रकार सम्मेलन गर्न खोजेका थिए । उक्त सम्मेलनपनी बिथोलिएको छ ।
