विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सक आन्दोलित

बैतडी- विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सक आन्दोलित बनेका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक-पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दाबाव स्वरुप आन्दोलनमा उत्रिनुपरेको जिल्ला अस्पताल बैतडीका डाक्टर हरीष विष्टले बताउनुभयो । अस्पतालका सबै विभागले चेतावनी स्वरुप आज विज्ञप्ती जारी गर्दै आफुहरुको माग तत्काल पुरा नभए थप संघर्षका कार्यक्रम गर्ने बताएका छन् ।सम्बन्धित निकाय सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले ९६ घण्टाभित्र आफुहरुको माग सम्बोधन नगरे जिल्ला अस्पतालको आकस्मिक र वार्ड बाहेकका सेवा बन्द गर्ने चेतावनी समेत डाक्टरहरुले दिएका छन् । विदाको दिन र अतिरिक्त समयमा नागरिकको सेवामा खटिदा समेत आफुहरुलाई मन्त्रालयले वेवास्ता गरेको उनिहरुको आरोप छ ।जिल्ला अस्पतालको बहिरङ्ग विभाग, फार्मेसी विभाग, एनेसथेसिया विभाग, प्रयोगशाला विभाग लगायतले अलक–अलग विज्ञप्ती जारी गर्दै आफुहरुका माग पुरा नभए सेवा बन्द गर्ने चेतावनी दिएका छन् । विगत देखिनै डाक्टरहरुले उक्त माग राख्दै आएको भएपनि सुदूरपश्चिम प्रदेश सरकारले उक्त मागहरुमा कुनै सुनुवाई गरेको छैन्, जसका कारण यहाँका नागरिकहरुले दुख भोग्नुपरेको छ ।

khabarthali

Related Posts

बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते

– बैतडीमा ईभी (हाइस) दुर्घटना हुँदा चालक घाइते भएका छन्। जिल्लाकाे दाेगडाकेदार गाउँपालिका-३ स्थित सिल्लेगडा-बडिया सडकखण्डकाे  घाेडेधारनजिक शनिवार राति९ः४० बजे हाइस दुर्घटनामा परेकाे हाे । खाेचलेकबाट   कालागाउँतर्फ जाँदै गरेको सुदूरपश्चिम…

Read more

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बाजुरा –बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराका ४१ बर्षीय सन्तोष बुढाको ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भीरबाट लडेर गएराति मृत्यु भएको हो…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते

बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बैतडीमा दोस्रोपटक समान्य हिमपात

बैतडीमा दोस्रोपटक समान्य हिमपात

बालेन शाह सुदुरपश्चिमका जिल्लामा व्यस्त,

बालेन शाह सुदुरपश्चिमका जिल्लामा व्यस्त,

भोलि १४ गते बालेन बैतडी आउदै,,

भोलि १४ गते बालेन बैतडी आउदै,,

बैतडी दोगडाकेदारकी आरती महराको स्वास्थ्यमा गम्भीर समस्या,सहयोग गरिदिन सबैमा आग्रह

बैतडी दोगडाकेदारकी  आरती महराको स्वास्थ्यमा गम्भीर समस्या,सहयोग गरिदिन सबैमा आग्रह