बैतडी दोगडाकेदारकी आरती महराको स्वास्थ्यमा गम्भीर समस्या,सहयोग गरिदिन सबैमा आग्रह

बैतडी : बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–७ की स्थायी बासिन्दा तथा श्रीकोट क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छात्रा आरती महरा गम्भीर स्वास्थ्य समस्याबाट पीडित बनेकी छन्। क्याम्पसकै लगनशील तथा खेलकुदमा सक्रिय छात्रा महरा एक सातादेखि फोक्सोसम्बन्धी रोगबाट ग्रसित भएपछि उनको अवस्था जटिल बन्दै गएको हो।

बैतडीमा उपचारको सम्भावना कम भएपछि उनलाई धनगढी रेफर गरिएको थियो। तर थप उपचारका लागि धनगढी लैजाँदै गर्दा डडेलधुरा पुगेको बित्तिकै आरतीलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि डडेलधुरा अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ।

हाल उनी विगत तीन दिनदेखि डडेलधुरा अस्पतालको आईसीयू कक्षमा भेन्टिलेटरमा राखेर उपचाररत छिन्। चिकित्सकका अनुसार यहाँ पनि उपचार सम्भव नहुने देखिएकाले उनलाई थप उच्चस्तरीय उपचारका लागि भेन्टिलेटरसहितको एम्बुलेन्समार्फत रेफर गरेर हिजो निसर्ग हस्पिटल लगिएको थियो।

आर्थिक अवस्था कमजोर भएको परिवारका लागि यो उपचार अत्यन्तै चुनौतीपूर्ण बनेको छ। महराको जीवन रक्षाका लागि तत्काल भेन्टिलेटरसहितको एम्बुलेन्स, उच्चस्तरीय अस्पतालमा उपचार तथा त्यससँग सम्बन्धित खर्च व्यवस्थापन गर्न आर्थिक सहयोगको खाँचो रहेको परिवारले जनाएको छ।

उनको उपचारमा सहजीकरण गर्न तथा आवश्यक आर्थिक सहयोग जुटाउन सम्बन्धित निकाय, स्थानीय सरकार, सामाजिक संघसंस्था, शुभेच्छुक व्यक्ति तथा सम्पूर्ण मानवतावादी मन भएका नागरिकहरूलाई परिवारले विनम्र अपिल गरेको छ।

आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरूले ९८६६३०७०९५ नम्बरमा अथवा तल दिएको क्युआर मा सहयोग गर्न सक्नुहुनेछ।

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

  • हरिशचन्द्र भाट

    हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

    Related Posts

    पुर्ण मल्लले गरे छोरिको सम्झनामा गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय कोषको स्थापना

    बैतडी : बझाङको केदार स्यु गाउपालिका –१ का पुर्ण मल्लले छोरिको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । मल्लले केदारस्यु गाउपालिका –१ स्थित गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय…

    Read more

    सुर्नयामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न,सुर्नया ०४ को टिम किङ् कोइला प्रथम

    बैतडी सुर्नया : बैतडीको सुर्नया तडीगाउँमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएकाे  छ। सुर्नया गाउँपालिका वडा नं. ३ मा रहेको बासुदेव आधारभूत विद्यालय र बासुलिङ युवा क्लब तडीगाउँको संयुक्त आयोजनामा…

    Read more

    Leave a Reply

    You Missed

    बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु

    बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु

    बैतडीको शिवनाथ-४ घर भएका किशोरको डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा मृत्यु

    बैतडीको शिवनाथ-४ घर भएका किशोरको डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा मृत्यु

    डडेल्धुरामा नागरिक चेतना बढाउने उद्देश्यले १२ महिना अभियान घोषणा निरज भट्टले

    डडेल्धुरामा नागरिक चेतना बढाउने उद्देश्यले १२ महिना अभियान घोषणा निरज भट्टले

    युवा समर्थनको बलमा उदाएका हरिमोहन भण्डारी को हुन ?

    युवा समर्थनको बलमा उदाएका हरिमोहन भण्डारी को हुन ?

    बालेन विजयी भएपछि नेपालभरि खुसीयाली,बिकाशले गति लिने विश्वास