बैतडी सुर्नया : बैतडीमा (इलेक्ट्रोनिक भ्यान) इभी दुर्घटना भएको छ । धनगढीबाट बैतडीको पुर्चौडी हाट तर्फ गइरहेको सु प प्र ०२ ००१ ज ६२० नम्बरको ईभी जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको सुर्नया-७को भञ्ज्याङ भन्ने स्थानमा आज दिउसो गरिब साडे २ बजेको समयमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ६ जना घाइते भएको घटनास्थलमा रहनु भएका प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाको पूर्ण विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । थप विवरण आउन बाकी छ ।
ईभी सडकबाट करिब ५० मिटर तल खसेको छ
