बैतडी : बझाङमा ‘करेन्ट’ लगाएर गाईको ह’त्या गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाश स्थित एकजनाले जिउँदै गाईलाई करेन्ट लगाएर मा’रेको हो । 

स्थानीयका अनुसार ग्याविन तारको पासो लगाएर बिद्युत् प्रशारण लाइनको करेन्ट तारमा झुन्ड्याइएर गाईको जिउँदै ह’त्या गरेको बताएका छन् । गाईलाई मारेर सडकमा फालिएको छ भने गाईको घाटिमा ग्याबिन तार लगार मारिएको देखिन्छ । बिद्युत प्रशारण लाइन बाट तार निकाली गाइको घाटिमा पासो लगाइ मारेको दृश्य बाट अनुमान गर्न सकिन्छ । साथै दृश्यमा एक बृद्ध अवस्थाका एक पुरुष देखिन्छन् । उनी माथी बाट हेरिरहेका छन् । यस घटनाको बिषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बझाङ बाट उक्त स्थान तर्फ गइरेहको बताएको छ । 

हरिशचन्द्र भाट

Leave a Reply