बैतडी:बझाङबाट धनगढी जाँदै गरेकाे जिप बैतडीको पाटन नगरपालिका – ८ अनारखोलिमा दुर्घटनामा पर्दा चार जना घाइते भएका छन् । बझाङबाट धनगढी जाँदै गरेको से १ ज १००५ नम्बरको बेलोरो जीप बिहीबार अपराह्न करिब ४ बजे तिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइते हुनेमाहरुमा बझाङकाे दुर्गाथली गाउँपालिका – ६ का ३३ वर्षीय लोकेन्द्र महत १३ वर्षीय औजित महत ३० वर्षीय सरस्वती धामी र ४५ वर्षीय ओमजंग कडायत रहेका छन् । उनीहरूको उद्धार गरी अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलाराम पाण्डेले जानकारी दिए ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ३० मिटर तल खसेको थियो । जीपमा चालकसहित पाँच जना सवार थिए । अनियन्त्रित भई जीप सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनापछि चालक रमेश जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
