बैतडी : हङकङमा हुने चारदेशीय टि ट्वान्टी आई सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

आज नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरे।

बुधबार सुरु हुन सिरिजको लागि टोली ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहनेछ। नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल नआइपुगेको कारण मल्ललाई यो सिरिजको लागि जिम्मेवारी दिइएको हो।

मल्लले क्यानले यो जिम्मेवारी दिएकोमा धन्यवाद दिए र आफ्नो लागि गर्वको विषय भएको बताए। साथै खेलाडीहरूले सहजै स्वीकारेको कारण निकै सजिलो भएको पनि उनले भने।

साथै प्रधानमन्त्री कप खेले लगतै ५ दिनको छोटो तयारीका बाबजुद टोली लयमा रहेको र जितको लागि खेल्ने मल्लको विश्वास छ।

लामो समयपछि टि ट्वान्टी खेल्न लागेको र यसले सेप्टेम्बरमा हुने टि ट्वान्टी विश्व कप छनोटको लागि मद्दत पुग्ने बताए। बसिर अहमद, लोकेश बम र नन्दन यादवले कमब्याक गरेको विषयमा उनीहरूले एनपिएल र घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेको कारण टोलीलाई सहयोग पुग्ने कप्तान रोहित पौडेलले बताए।

नेपालले सिरिजमा कुवेत, कतार र आयोजक हङकङसँग खेल्नेछ। नेपालले पछिल्लो पटक गत अक्टोबरमा अमेरिकासँग खेलेको सिरिज ३-० ले जितेको थियो। यसपछि नेपालले खेल्न लागेको यो पहिलो टी ट्वान्टी सिरिज हो।

नेपालले बुधबार पहिलो खेल हङकङसँग खेल्नेछ। नेपाली टिम आज राती हङकङ प्रस्थान गर्नेछ।

नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शहाब आलम, नन्दन यादव, रिजन ढकाल र गुलशन झा

हरिशचन्द्र भाट

Leave a Reply