बैतडी : नेपालको आइसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरियता सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सोमबार सार्वजनिक गरको नयाँ वरियतामा एक स्थान सुधार गर्दै नेपाल १७औं स्थानान उक्लिएको हो ।

नेपालले ६९९७ अंक तथा १७५ रेटिङ प्राप्त गरेको छ । एसोसिएट राष्ट्रमा नेपाल भन्दा अगाडि नेदरल्यान्ड्स (१३), स्कटल्यान्ड(१४), नामिबिया (१५) र युएई (१६) औं स्थानमा छन् ।

यसैगरी शीर्ष १० मा भने कुनै परिवर्तन भएको छैन । भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानः क्रमशः पहिलोेदेखि १०औं स्थानमा छन् ।

हरिशचन्द्र भाट

Leave a Reply