राजु लामा (दोहा,कतार)-नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसर पारेर आगामी अप्रिल ११ तारिख शुक्रबार बृहत साँस्कृतिक ” नयाँ वर्ष धमाका ” कार्यक्रम हुने भएको छ ।
“धादिङ सेवा समाज कतारको आयोजनामा, चेपाङ समुदायको सहयोगार्थ चर्चित गायक मिलन लामा सहित स्थानिय कलाकारहरुको बृहत साङ्गितिक प्रस्तुतिमा नयाँ वर्ष धमाका तथा बृहत साँस्कृतिक कार्यक्रम -२०८२ कतारमा हुने भएको छ।
“मिलन लामा नेपाली लोक र दोहोरी गीतहरूको मनमोहक प्रस्तुतिको लागि प्रसिद्ध छन्। चालीस भन्दा बढी देशहरूमा आफ्नो संगीत प्रतिभा प्रदर्शन गरिसकेका उनि “हङकङ आइडी ले,” “माझी दाई पोखरा फेवा तालको,” र “कृष्ण भिर्म जाम” जस्ता हिट गीतहरू उनका सबैभन्दा लोकप्रिय गीतहरू हुन्।
दोहाको मुन्ताजा पार्क नजिकै रहेको पियरलिङ सिजनल स्कुलको हलमा हुने कार्यक्रममा उपस्थितीको लागि कतारमा रहेका विभिन्न सामाजिक तथा बैचारिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी जिल्ला बासी सहभागी भएर सभ्य भव्य रूपमा कार्यक्रम सफल पारिदिन धादिङ सेवा समाजले आग्रह गरेको छ।
कार्यक्रममा आउन जानको लागि कतारको विभिन्न ठाउँबाट नि:शुल्क यातायातको व्यवस्था रहेको बारे आयोजकले जनाएको छ।
