बैतडी : एलजीले सन् २०२१ मा स्मार्टफोन व्यवसायबाट बाहिरिने घोषणा गरेपछि आफ्ना प्रयोगकर्तालाई तीन वर्षसम्म सबै प्रकारका समर्थन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। तर त्यो समर्थन अब सकिन लागेको छ। कम्पनीले हालै जानकारी गराएको अनुसार सन् २०२५ को जुलाईपछि एलजीफोनहरूले सफ्टवेयर अपडेट पाउने छैनन्।
एलजीले आफ्नो आधिकारिक सर्भर जुन सफ्टवेयर अपडेटहरू धकेल्ने काम गर्छ, केही महिनाभित्र बन्द गर्न लागेको जनाएको छ।






