बैतडीको पाटनमा हुन गइरहेको दोश्रो सस्करणको उदयदेव प्रीमियर लिग आउदो चैत्र २२ गतेदेखि हुने भएको छ ।
आयोजक पाटन क्रीकेट क्लबले समाजिक सन्जाल फेकबुकबाट सो जानकारी गराएको हो ।
क्लबको निर्णय अनुसार चैत्र २२ गतेदेखी सुरु हुने क्लबका अध्यक्ष सन्तोष जोशीले जानकारी गराएका छन् ।
प्रतियोगितामा सहभागिता जनाउने टिमले चैत्र २० गते साझ ५ बजेसम्मको समय तोकिएको छ ।
दर्ता शुल्क १३,५०० रुपैया तोकिएको छ । यो संस्करणमा प्रथम हुने टिमले १ लाख११ हजार १११ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने जानकारी दिए । यस्तै उपबिजेता टोलीले ४५ हजार ५५ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ दि सिरिजलाई ८ हजार ८४८ रुपैँया, बेष्ट व्याट्स्म्यान तथा बेष्ट बलरलाई ५ हजार ५५५ रुपैँया र उदयमान खेलाडीलाई २ हजार ५२५ रुपैँया नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
