बैतडी: बैतडीको पाटनमा जारी दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि २० क्रिकेट प्रतियोगितामा हिमचुली युवा सदनले शानदार सुरूआत गरेकाे छ।
आज सम्पन्न पहिलाे खेलमा हिमचुलीले बनारसी युवा क्लबलाई ६ विकेटले हरायाे।
जितका लागि पाएकाे १२१ रनकाे लक्ष्य हिमचुलीले १३.४ ओभरमा ४ विकेटको क्षतीमा पूरा गर्याे ।
जसमा कल्पेस चन्दले अर्धशतकीय पारी खेल्दै ५७ रनकाे अविजित पारी खेले।
बनारसीका निरज ऐेरले २ विकेट लिए।
यसअघि श्रीकृष्ण माविको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे बनारसीले १२० रनमा समेटियाे।
उसका पारस महतले सर्वाधिक २७ रन जाेडे।
हिमचुलीका कल्पेस चन्दले ३ र मनाेज महराले २ विकेट लिए।कल्पेस प्लेयर अफ द म्याच चुनिए ।
पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा चैत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टाेलीको सहभागीता रहेकाे छ।
