आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम स्कटल्याण्ड प्रस्थान गर्दैछ ।
आज त्यसतर्फ प्रस्थान गर्ने टोलीलाई क्यानले बिदाई गरेको छ । मुख्य प्रशिक्षक स्टुआर्ट ल केही दिनअघि नै बेलायत पुगिसकेका छन् । कप्तान रोहित पौडेल भने परिक्षाका कारण केही दिनपछि मात्र जानेछन् ।






