बैतडी : नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक किसानले काँक्रो उपहार दिएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रो उपहार दिएका हुन् ।
दैलेखमा प्रचण्डलाई काँक्रो उपहार
खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका खड्काले आफ्नै मिहिनेतले उब्जाएको काँक्रो प्रचण्डलाई उपहार दिएका हुन् । उनले प्रचण्डलाई आफैंले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी लागेको बताए ।
खड्का माओवादी केन्द्रनिकट किसान संगठनमा आवद्ध रहेको बताइएको छ ।






