बझाङ : डोटीको आदर्श गाउँपालिका–४ ल्वारेगडामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आइतबार दिपायलबाट गोरेलीतर्फ जाँदै गरेको बोलेरो जिप कच्ची सडकमा अनियन्त्रित भई करिब १०० मिटर तल खोल्सामा खस्दा १२ जना घाइते भएका हुन् ।
चालक मोहन बिष्टले चलाएको सु।प।प्र। ०२–००१ च ११३५ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूलाई स्थानीय काँणीस्याउले जि।डी। पोलिक्लिनिकमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी निरीक्षक पदम राज पन्तको कमाण्डमा ९ जनाको टोली खटिएको थियो।
१।भगवती बि।क। २१ वर्ष, देहिमाण्डौं — टाउकोमा चोट, अवस्था सामान्य
२। रितिका बि।क। ५ वर्ष — खुट्टामा चोट, अवस्था सामान्य
३। राजन बि।क। १ वर्ष — मुखमा चोट, अवस्था सामान्य
४। टिका बि।क। ३८ वर्ष — बायाँ हात र खुट्टामा चोट, अवस्था सामान्य
५। शेर बि।क। १९ वर्ष — मुख, कम्मर र टाउकोमा चोट, अवस्था सामान्य
६। मोहन बिष्ट २८र२ वर्ष, चालक — दुबै खुट्टा तथा टाउकोमा चोट, अवस्था मध्यम
७। सरस्वती ओझा १८ वर्ष— भित्री शरीरमा चोट, अवस्था सामान्य
८। लाल बहादुर बिष्ट ३५ वर्ष — छातिमा चोट, अवस्था मध्यम
९। दिल्ली राज ओझा २५ वर्ष — दुबै खुट्टामा चोट, अवस्था सामान्य
१०। बिष्ना ओझा २३ वर्ष — दुबै हात र खुट्टामा चोट, अवस्था सामान्य
११। सन्तोष बिष्ट २२ वर्ष — टाउकोमा चोट, अवस्था सामान्य
१२। दिपेश ओझा ४ वर्ष — शरीरमा चोट, अवस्था सामान्य
प्रहरीका अनुसार जिप सडकको कच्ची र बिग्रिएको भागमा पुगेपछि अनियन्त्रित बन्दै खोल्सामा खसेको प्रारम्भिक बुझाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
