बैतडीको सुर्नया प्रमुख प्रशासकीय अधिकृत विहीन,सेवाग्राही प्रभावित

बैतडी : जिल्लाको सुर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गएको कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएको थियो । त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको छ । 

गत पौष ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत खगेन्द्र भारतीलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । तर भारती गाउँपालिकामा हाजिर नहुँदै जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा भएको छ । भारती जिल्ला निर्वाचन कार्यालयमा आइसकेका छन् । 

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरू रोकिएका गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिनुभयो । 

प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा समेत समस्या समाधान नभएको उहाँले बताउनुभयो । योजना कार्यान्वयन गर्नुपर्ने समयमा प्रमुख नहुँदा समस्या भएको उहाँले बताउनुभयो। 

कर्मचारीहरूको तलवभत्ता तथा सामाजिक सुरक्षा भत्ता लगायतका आर्थिक गतिविधि पनि ठप्प भएको गाउँपालिकाले जनाएको छ । 

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

  • हरिशचन्द्र भाट

    हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

    सम्बन्धित समाचार

    बझाङको केदारस्यु गाउपालिकाले भैरब माबि लाई ३ लाख ३३ हजार ३ सय रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने

    बैतडी : केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पालिकाभित्रका सबै १३ वटा विद्यालयमा क्रमशः खेलमैदान निर्माण गरिने घोषणा गर्नुभएको छ । पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा सम्बोधन…

    थप पढ्नुहोस्

    बैतडी जिप दुर्घटना अपडेट:मृतकको परिचय खुल्यो

    बैतडी : बैतडीको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ बर्षीय निसान्त बोहरा, सिगास कै २८ बर्षीय भान देव भट्ट,…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *