निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

धनगढी : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो ।

निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले जनाएको छ ।

काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने छ ।

साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पुरा भएका र ५४ वर्ष ननाघेका नागरिकहरू निर्वाचन प्रहरीमा भर्ना हुन पाउने छन् ।

माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरेर माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

छनौट भएका उम्मेदवारले माघ १५ देखि२४ गतेसम्म तालिम लिनुपर्ने छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ ।

चालिस दिनमा उनीहरुले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन् । त्यसबाहेक उनीहरूलाई रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै, निर्वाचन प्रहरीले ४ दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने छ ।

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिएको छ।

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

  • हरिशचन्द्र भाट

    हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

    सम्बन्धित समाचार

    बझाङको केदारस्यु गाउपालिकाले भैरब माबि लाई ३ लाख ३३ हजार ३ सय रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने

    बैतडी : केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पालिकाभित्रका सबै १३ वटा विद्यालयमा क्रमशः खेलमैदान निर्माण गरिने घोषणा गर्नुभएको छ । पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा सम्बोधन…

    थप पढ्नुहोस्

    बैतडी जिप दुर्घटना अपडेट:मृतकको परिचय खुल्यो

    बैतडी : बैतडीको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ बर्षीय निसान्त बोहरा, सिगास कै २८ बर्षीय भान देव भट्ट,…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *