आइतबार, २२ कार्तिक २०८३Sunday, 8 November 2026
काठमाडौं १६°काठमाडौं --°

khabarthali

शुभ दीपावली तथा तिहारको शुभकामना

सुर्नया दुई लिस्किटामा जिप दुर्घटना हुँदा ७ जना घाइते

हरिशचन्द्र भाट
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
२४४ पटक ० १ मिनेट पढाइ
सुर्नया दुई लिस्किटामा जिप दुर्घटना हुँदा ७ जना घाइते

बैतडी सुर्नया - बैतडी जिल्लाको सुर्नया गाउँपालिका–२, लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सतबाँझबाट सुर्नया गाउँपालिकाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप बुधाबार साँझ साढे ५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । 

जिप अनियन्त्रित भइ सडकबाट १५ मिटर तल खस्दा जिपमा सवार ११ जनामध्ये सातजना घाइते भएको कार्यालयले जानकारी दिएको छ । 

दुर्घटनामा परी घाइते हुनेमा सुर्नया गाउँपालिका–६ रीगा बस्ने २० वर्षीया दिपा कुँवर, सुर्नया गाउँपालिका–२ की अन्दाजी ६५ वर्षीया हजारी बिष्ट, सोही ठाउँकी ३१ वर्षीया सुशीला भण्डारी, सोही ठाउँकी ७ वर्षीया दिप्ती बिष्ट,सुर्नया गाउँपालिका–५ स्वाली बस्ने ३० वर्षीय हरिश विक, सोही ठाउँका ४३ बर्षीय तिलक चन्द र सोही ठाउँका ३० वर्षीय दिपक चन्द रहेका प्रहरीले जनाएको छ । 

घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, बैतडी पठाएको र उहाँहरुको अवस्था  सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबर थलीका समाचार प्रमुख हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

सबै समाचार (२५९)

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।