आइतबार, २२ कार्तिक २०८३Sunday, 8 November 2026
काठमाडौं १६°काठमाडौं --°

khabarthali

शुभ दीपावली तथा तिहारको शुभकामना

बैतडी सहित सुदुरपश्चिममा गौराको रौनक,पहिलो दिन आज बिरुडा भिजाइँदै

हरिशचन्द्र भाट
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
३६७ पटक ० १ मिनेट पढाइ
बैतडी सहित सुदुरपश्चिममा गौराको रौनक,पहिलो दिन आज बिरुडा भिजाइँदै

बैतडी — सुदूरपश्चिमको मौलिक पहिचानसँग जोडिएको महान् सांस्कृतिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्ल पक्षको पञ्चमीका दिनदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन आज व्रतालु महिलाहरूले घर–घरमा बिरुडा भिजाएर पर्वको सुरुवात गर्ने गरेका छन्।

गौरा पर्वको पहिलो दिनलाई बिरुडा पञ्चमी भनिन्छ। आज महिलाहरूले पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर तयार पारिएको बिरुडा भिजाउने धार्मिक परम्परा रहेको छ। बिरुडालाई गौरा पर्वमा विशेष महत्वका साथ प्रयोग गरिन्छ।

बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, अछाम, बाजुरा, बझाङलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा आजदेखि गौरा पर्वको चहलपहल सुरु भएको छ। गाउँ–बस्तीमा धार्मिक आस्था र परम्परासँगै पर्वको रौनक बढ्दै गएको देखिन्छ।

आगामी दिनहरूमा महिलाहरूले गौरा देवीको पूजा–आराधना गर्ने, देउडा खेल्ने तथा ढोल, दमाहा र विभिन्न परम्परागत बाजागाजासहित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन रहेको छ। गौरा पर्वले सुदूरपश्चिमेली कला, संस्कृति, परम्परा र सामाजिक एकतालाई जीवन्त राख्दै आएको छ।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबर थलीका समाचार प्रमुख हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

सबै समाचार (२५९)

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।