राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कारागार चलान

बैतडी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । रूपन्देही जिल्ला अदालतले उनलाई सोमबार भैरहवा कारागार चलान गरेको हो ।

अदालतका सूचना अधिकारी पदम अर्यालले लामिछानेलाई कारागार चलान गरिएको जानकारी दिए । ‘जिल्ला प्रहरी कार्यालयले अदालतमा उपस्थिति गराएको थियो,’ उनले खबरथलीसँग भने, ‘हामीले प्रक्रिया पूरा गरेर कारागार पठाएका छौँ ।’

उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार सभापति लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेश लगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ पछि एक रात काठमाडौं राखिएका लामिछानेलाई शनिबार रूपन्देही लगिएको थियो ।

शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण उनलाई सोमबार बिहान जिल्ला अदालतमा पेस गरिएको थियो ।

पत्रकारहरु बसेको टेन्टमा इजरायली बम आक्रमण, ०२ जनाको मृत्यु, ०७ घाइते

काठ्मान्डौ: जरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै पत्रकारहरू बसेको टेन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

यसअघि इजरायली सेनाले केन्द्रिय डेइर अल–बलाहका पाँच वटा बस्तीका बासिन्दालाई तत्काल खाली गर्न आदेश दिँदै गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिहरूले ज्यान गुमाएका थिए ।

१५ औं बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केदार स्यु गाउपालिकाको झोतामा उद्घाटन

बैतडी : १५ औं बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झोतामा उद्घाटनस्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद बझाङको एकता , खेलकुद बिकाशका लागि हाम्रो प्रतिबद्धता ´´ भन्ने मुल नाराका साथ बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिकास्थित झोता बजारमा आयोजित १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ।

जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सरकारका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय भानुभक्त जोशी रहनुभएको थियो। विशेष अतिथिको रुपमा सुदूरपश्चिम प्रदेशसभा सदस्य (क्षेत्र नं. ‘क’) माननीय दमन बहादुर भण्डारी सहभागी हुनुभएको थियो। समारोहको सञ्चालन सविता खड्काले गर्नुभएको थियो।

समारोहमा १२ वटै पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, विभिन्न सरकारी कार्यालय प्रमुख, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। त्यस्तै, १२ वटै पालिकाबाट सहभागी विद्यार्थी खेलाडीहरू तथा स्थानीय दर्शकहरूको समेत बाक्लो उपस्थिती रहेको थियो।

उद्घाटन समारोहपूर्व सहभागी खेलाडीहरूले झोता बजारबाट भैरव माध्यमिक विद्यालयसम्म आकर्षक र्याली निकालेका थिए। समारोहमा आकर्षक मार्चपास, राष्ट्रिय गान, स्वागत मन्तव्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

उपाध्यक्ष मनिशा धामीले स्वागत मन्तव्य राख्दै, “खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा नेतृत्व, अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास हुने भएकाले यस्ता प्रतियोगिताले शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान दिन्छ,” भन्नुभयो।

कार्यक्रमको औपचारिक उद्घाटन माननीय भानुभक्त जोशीले दिप प्रज्वलन गरेर गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र देशभक्तिको भावना विकास गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताउँदै ग्रामीण क्षेत्रका लुकेका प्रतिभा उजागर गर्न प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले आफू निर्वाचित भए यता बझाङ जिल्लाको समग्र विकासलाई प्राथमिकता दिएको पनि उल्लेख गर्नुभयो।

यस अघि आफ्नो कब्जामा लिएको शिल्ड बुङल नगरपालिकाले खेलकुद बिकास समिति बझाङलाई बुझाएको छ। प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरू भोलिदेखि (सोमबार) सञ्चालन हुने छन्। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २७ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

अफ्गानिस्तानको नेपाल सामु मध्यम चुनौती

बैतडी-मुलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र बनायो। आज अफगानिस्तानका खेलाडीहरूले ब्याटिङमा संघर्ष गरे।

अफगानिस्तान विरूद्ध नेपालले राम्रो सुरुवात गर्यो। ३८ रन जोड्दा उसले ४ विकेट गुमाइसकेको थियो। ओपनर खालिद अमदाजी १० रनमा सन्तोष यादवको बलमा आउट भए।

त्यसपछि फैजल सिनोजादा बिना कुनै रन, उजैरुला नियाजाई १९ रनमा र बर्कत इब्राहिमजाई रनको खाता नखोली आउट भए।

कप्तान मेहबुब खान मात्र क्रिजमा टिके। अन्यले उनलाई साथ दिन समेत सकेनन्। रोउल्लाह अरबले २७ रन बनाए। मेहबुबले अर्धशतकीय पारी खेले।

उनले १ सय १४ बल खेल्दै १ चौका प्रहार गर्दै ५८ रन जोडे। उनी नै अफगानिस्तानको लागि सर्वाधिक रन बनाउने खेलाडी बने। उनलाई अभिषेक तिवारीले आउट गरे।

बलिङमा सन्तोष यादवले १० ओभरमा १ मेडन सहित २३ रन दिएर ३ विकेट लिए। यस्तै सिब्रिन श्रेष्ठले २ विकरट लिए।

धादिङ सेवा समाज कतारले बृहत सांस्कृतिक नयाँ वर्ष धमाका २०८२ गर्दै,लोक गायक मिलन लामा जाने

राजु लामा (दोहा,कतार)-नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसर पारेर आगामी अप्रिल ११ तारिख शुक्रबार बृहत साँस्कृतिक ” नयाँ वर्ष धमाका ” कार्यक्रम हुने भएको छ ।

“धादिङ सेवा समाज कतारको आयोजनामा, चेपाङ समुदायको सहयोगार्थ चर्चित गायक मिलन लामा सहित स्थानिय कलाकारहरुको बृहत साङ्गितिक प्रस्तुतिमा नयाँ वर्ष धमाका तथा बृहत साँस्कृतिक कार्यक्रम -२०८२ कतारमा हुने भएको छ।

“मिलन लामा नेपाली लोक र दोहोरी गीतहरूको मनमोहक प्रस्तुतिको लागि प्रसिद्ध छन्। चालीस भन्दा बढी देशहरूमा आफ्नो संगीत प्रतिभा प्रदर्शन गरिसकेका उनि “हङकङ आइडी ले,” “माझी दाई पोखरा फेवा तालको,” र “कृष्ण भिर्म जाम” जस्ता हिट गीतहरू उनका सबैभन्दा लोकप्रिय गीतहरू हुन्।  
दोहाको मुन्ताजा पार्क नजिकै रहेको पियरलिङ सिजनल स्कुलको हलमा हुने कार्यक्रममा उपस्थितीको लागि कतारमा रहेका विभिन्न सामाजिक तथा बैचारिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी जिल्ला बासी सहभागी भएर सभ्य भव्य रूपमा कार्यक्रम सफल पारिदिन धादिङ सेवा समाजले आग्रह गरेको छ।

कार्यक्रममा आउन जानको लागि कतारको विभिन्न ठाउँबाट नि:शुल्क यातायातको व्यवस्था रहेको बारे आयोजकले जनाएको छ।

भोलि देशैभरि सार्बजनिक बिदा

बैतडी : नेपाल सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले यसअघि नै आइतबारको बिदाबारे राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । चैत २४ गते आइतबार राम नवमीको अवसर पारेर देशभरका सरकारी र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको राजपत्रमा उल्लेख गरिएको छ

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित शनिबार जात्रा सम्पन्न भएको छ । 

उक्त मन्दिरमा हरेक बर्ष वासन्तिक नवरात्रमा पनि पशु बलिसहित जात्रा लाग्ने गरेको छ । प्रतिपदादेखि पूजाआजा शुरु भइ चैत्राष्टमीका दिन पशु बलिसहित जात्रा सम्पन्न हुने गरेको बोहराले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा १ सय ६८ राँगा र झण्डै २ सय बोकाको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा असोज र चैतको जात्रामा राँगा र बोकाको बलि दिने प्रचलन रही आएको छ । 

चिन संगको व्यापार घाटा घटाउनु पर्छ:मन्त्री भन्डारी

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यसलाई कम गर्न नेपाली उत्पादनको निर्यात बढाउनु अत्यावश्यक रहेको र जडीबुटी, हस्तकला, कृषि उत्पादन, तयारी पोसाक जस्ता क्षेत्रमा विशेष जोड दिनुपर्ने बताए ।

“नेपाली उत्पादनहरूको प्रवद्र्धनमा सङ्घले अग्रणी भूमिका खेल्न सक्छ, नेपाली वस्तु तथा सेवाको विविधीकरण, गुणस्तर सुधार र ‘ब्रान्डिङ’मा जोड दिनुपर्छ, चिनियाँ बजारमा नेपाली उत्पादनको पहुँच बढाउन सरकारका तर्फबाट विभिन्न व्यापार मेला तथा प्रदर्शनीमा सहभागितालाई प्रोत्साहन गरिँदैछ, चीनसँगको व्यापारमा नेपाली व्यवसायीलाई सहजीकरण गर्न विदेशी विनिमय नीतिमा केही लचकता ल्याइएको छ, चिनियाँ भाषा, व्यापारिक संस्कृति र प्रक्रियाबारे जानकारी दिन विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिएका छन्”, उनले भने ।

मन्त्री भण्डारीले नेपाल सरकारले नेपाल–चीन व्यापारलाई सहज बनाउन तातोपानी र रसुवागढी नाकाको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको, चीनसँगको व्यापारलाई सहज बनाउन ‘नेपाल–चीन व्यापार सहजीकरण समिति’ गठन गरेको, सीमापार व्यापारलाई सहज बनाउन विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गरेको, रसुवागढी–केरुङ नाकामा सुक्खा बन्दरगाह निर्माणको कार्य अघि बढाएको, ‘एक स्टेसन, एक उत्पादन’ कार्यक्रममार्फत स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको र नेपाली उत्पादनहरूको गुणस्तर सुधारका लागि प्राविधिक सहयोग प्रदान गरेको जानकारी दिए ।

हङकङ सिरिजका लागी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा

बैतडी : नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । २० सदस्यीय बन्द प्रशिक्षणमा रहेको टोलीबाट अन्तिम छनोट गरिएको हो ।

बन्द प्रशिक्षणमा रहेका किरण ठगुन्ना, अर्जुन घर्ती, रुपेश सिंह, सन्दीप जोरा, विवेक यादव र दीपेन्द्र रावतले अन्तिम टोलीमा मौका पाएनन् ।

सिरिज ९ अप्रिल (चैत २७गते ) बाट सुरु भएर १३ अप्रिल (चैत ३१ गते ) मा सकिनेछ ।

सिरिजको पहिलो खेलमा नेपालले कतारको सामना गर्नेछ । सिरिजमा नेपाल र कतार सहित घरेलु टोली हङकङ तथा कुवेतको सहभागिता रहनेछ ।

नेपालको खेल तालिका यसप्रकार छ :

कतारविरुद्ध अप्रिल ९ (चैत २७) मा

कुवेतविरुद्ध अप्रिल १० (चैत २८) मा

हङकङविरुद्ध अप्रिल १२ (चैत ३०) मा

फाइनल र तेस्रो स्थानका लागि खेल अप्रिल १३(चैत ३१) मा

क्यानका अनुसार सन्दीप लामिछाने शल्यक्रियाबाट रिकभर गर्दै गरेकाले र अनिल साहले चोटका कारण सिरिज गुमाउने छन् ।

नेपाली टोली

रोहित पौडेल(कप्तान), आसिफ शेख, लोकेश बम, बासिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुलशन झा, कुशल मल्ल, कुशल भुर्तेल र शहाब आलम ।

बैतडी जिप दुर्घटना अपडेट,एक जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ।

देहिमाण्डौबाट गिरेगडा तर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका ११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको थियाे ।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका ५ का ५४ वर्षीय चन्चले दयालकाे मृत्यु भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।

चन्चलेकाे जिल्ला अस्पतालमा उपचारकाे क्रममा राति नै मृत्यु भएकाे हाे।

यस्तै पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली, र दशरथचन्द नगरपालिका १० कि ३० वर्षीया कबिता परियार घाइते भएका छन्।घाइतेहरू सबैकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ।
चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेकाे बताइएको छ।
दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

सुर्नयाले कक्षा ८ को परीक्षाको नतिजा प्रकाशित गर्यो,पालीगडा र चौथली निल

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले कक्षा ८ को पालिकास्तरीय परीक्षाको नतिजा प्रकाशित गरेको छ । पालिकाले एक सूचना प्रकाशित गर्दै परिक्षाफल सार्वजनिक गरेको हो । प्रकाशीत परीक्षाफलअनुसार ३९६ विद्यार्थी मध्ये १९८ जना मात्रै उत्तिर्ण भएका छन् । परीक्षा सहभागी भएका १९ विद्यालयमध्ये दुई ओटा विद्यालयको नतिजा निल आएको छ । भुवनेश्वर मावि पत्थरकोट चौथली र उदयदेव मावि पालिगडाको नतिजा निल आएको सुर्नया गाउँपालिकाको शिक्षा शाखाले प्रमुख टङक प्रसाद अबस्थीले जानकारी दिनु भयाे ।

भुवनेश्वर माविका १० जना र उदयदेव मावि पत्थरकोट चौथलीका ८ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए ।
कुनै दुई विषयमा एनजी आएका विद्यार्थीहरुले ग्रेडवृद्धि परिक्षा समावेश हुन पाउने छन् । त्यसका लागि चैत्र मसान्त सम्म सम्बन्धीत विद्यालयमा गएर परीक्षा फारम भरि पालिकाको शिक्षा शाखामा पेस गरिसक्नुपर्ने छ । ग्रेडवृद्धि परीक्षा आगामी बैशाख २१ र २२ गते सञ्चालन हुने बताइएको छ ।

साथै नतिजामा चित्त नबुझेको खण्डमा परीक्षाफल प्रकाशित भएको एक हप्ताभित्र सम्बन्धीत विद्यालयमा निवेदन दिनुपर्ने छ ।

नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा

बैतडी : नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरू अन्तर्गत ग्राहकले सधैं अन रिन्युअल प्याकहरुमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरू पाउँछन् ।

यी दुवै अफरहरू बिहीबारबाट लागू भएका छन् र वैशाख १६ सम्म मान्य रहनेछन् ।

कम्पनीका अनुसार एनएसएल डबल डेटा अफरअन्तर्गत, करसहित ३९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिन्यूअल प्याकहरू ग्राहकहरूले दोब्बर डेटा बोनसका रूपमा प्राप्त गर्दछन् । 

उदाहरणका लागि ७९९ रुपैयाँको मासिक सधैं अन रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने मुख्य सेवाहरू ३० जीबी डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने सुविधा, र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवा बाहेक थप ३० जीबी बोनस डेटा प्राप्त गर्दछन् ।
यो डबल डेटा बोनस अफर अन रिन्यूअल प्याकका प्रयोगकर्ताका साथै अफर अवधिभित्र यी प्याकहरू लिने नयाँ ग्राहकलाई लागू हुनेछ ।

अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ । 

यस अफरअन्तर्गत ५० रुपैयाँमा २४ घण्टा लागि मान्य ५० अनलिमिटेड डेटा लिने ग्राहकले बोनस स्वरुप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्दछन् । 

त्यस्तै १५० रुपैयाँमा ७ दिनसम्म मान्य हुने ७ जीबी डबल मजा प्याक किन्दा ग्राहकहरूले बोनसका रुपमा थप २ जीबी डेटा बोनस प्राप्त गर्दछन् ।

बैतडी जिल्ला स्तरिय राष्टपति रनिङ शिल्ड बैशाख ३ गते देखि,पुर्चौडीमा हुने

बैतडीमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख पहिलो साता पुर्चौडी नगरपालिकामा हुने भएको छ ।जिल्ला खेलकुद समितिका अध्यक्ष चमन कुमार भण्डारीका अनुसार प्रतियोगिता वैशाख ३ देखि ५ गतेसम्म पुर्चौडीको विशाल पार्क खेलमैदानमा हुने भएको हो ।

प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहहरुको सहभागिता रहनेछ ।पालिकास्तरबाट छनौट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

केएमसी को स्वबियुमा सचिब पदका लागी लवदेबको उम्मेद्वारी किन?

बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका घर भएका लबदेव धामी पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा अगाडि छन्।
नयाँ सोच, योजना र उदेश्यसहित केही गर्छु भन्ने भावना भएका धामी हाल कैलाली बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह ५ औँ सेमेस्टरमा पत्रकारीता बिषय लिएर अध्ययन गरिरहेका छन्।
पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा अब्बल र सक्रिय भैरहने जज्ञासु स्वाभावका धामीले कैलाली बहुमुखी क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागी सचिव पदमा उम्मेदवारी दिएका छन् ।
उनलाई कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत बिभिन्न बिद्यार्थीको हकहित तथा समग्र क्याम्पसको बिकासका लागि केही गर्ने ईच्छा छ ।
त्यही भएर यहि चैत २७ गते हुन गैरहेको आसन्न स्वबियु निर्वाचनका लागि प्राज्ञिक विद्यार्थी परिषद् अर्थात् स्वतन्त्र समुहबाट सचिव पदका लागि लवदेव धामीले उम्मेदवारी दिएको बताएका छन् । उनले कैलाली बहुमुखी क्याम्पस विद्यार्थीहरुलाई अमूल्य मतको लागि अनुरोध गरेका छन् ।
बाईट
सचिव पदका लागि उम्मेदबारी दिएका धामी पत्रकारीता र कानुन बिषय लिएर अध्ययन गरिरहेकाले पनि क्याम्पस र बिद्यार्थीका गतिबिधि नियालीरहेका हुन्छन् ।
उनले बिगत देखि बिद्यार्थीका हरेक गतिबिधि,घटना र बिभिन्न समस्या सँग जुध्ने काम गरेपनि सुनुवाई र आवाजहरू समाधान हुन नसकेको भन्दै त्यसको समाधान गर्न आफु सक्षम रहेको बताए ।
कतिपय क्याम्पसमा दलिय राजनितीक अंशबण्डामा विश्व बिद्यालय चलिरहेको भन्दै बिद्यार्थीले पढ्न नपाउने,पाठ्यपुस्तक नपाउने,जस्ता यावत समस्या रहेकाले ती समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाए। आफू निर्वाचित भएमा गरेका बाचा, बनाएका योजनाहरू लागूगरी बिद्यार्थीहरूलाई कहिल्यै निराश नबनाउने बिश्वास ब्यक्त गरेका छन्।
गरिब तथा पछाडी परेका बिद्यार्थीलाई चुनावी भोट बैंकको रूपमा मात्रै उपयोग गर्ने समस्या रहेको र दबिएका आवाजहरू बुलन्द गर्न आफु लागीपर्ने बिश्वास दिलाएका छन् । साथै उनले सचिव पदमा उम्मेदवारीमा कैलाली बहुमुखी क्याम्पसका बिद्यार्थीहरूले मतदान गरि सहयोग गरिदिन अपिल समेत गरेका छन्।


बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल सकिए संगै आज एक कार्यक्रम का बिच बिदाई

बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल संगै आज एक कार्यक्रम का बिच ब्यवस्थापन समिति का पदाधिकारीहरुलाई बिदाई गरिएको छ। समितीको कार्यकालचैत्र महिनाको ०२ गते सकिएको भएपनि आज एक कार्यक्रम का बिच बिदाई गरिएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारी हरिश पन्तले बताए।

यस्तै जिल्ला अस्पताल बैतडीका लागी नयाँ नेतृत्व अझै टुङ्गो लागेको छैन। यस वर्ष बैतडी अस्पतालको चार अङ्क घटेर ८९ पुगेको छ । गएको वर्ष ९३ अङ्क प्राप्त गरेको बैतडी अस्पतालले यस वर्ष चार अङ्क कम पाएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताउनुभयो । अस्पतालमा जनरल फिजिसियन डाक्टर नहुनुले अस्पतालको अङ्क घटेको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘‘अन्य कुरामा बरु सुधार भएको छ । तर अस्पताल व्यवस्थापन समिति र जीपी डाक्टर नहुनुको कारण यस वर्ष अङ्क घट्यो।

सीमित पूर्वाधार र उपकरणका बावजुद समेत अस्पतालले उत्कृष्ट सेवा दिने प्रयास गरिरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘१५ शय्याको मात्रै दरबन्दी रहेको अस्पतालमा अहिले करिब ५० शय्या बराबरको सेवा उपलब्ध गराइरहेका छौँ । सरकारले ५० शय्याको दरबन्दी स्वीकृत गरिदिने हो भने अस्पतालको सेवा प्रवाहको गुणस्तार अझै वृद्धि हुने थियो ।’’