बैतडी : नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । २० सदस्यीय बन्द प्रशिक्षणमा रहेको टोलीबाट अन्तिम छनोट गरिएको हो ।
बन्द प्रशिक्षणमा रहेका किरण ठगुन्ना, अर्जुन घर्ती, रुपेश सिंह, सन्दीप जोरा, विवेक यादव र दीपेन्द्र रावतले अन्तिम टोलीमा मौका पाएनन् ।
सिरिज ९ अप्रिल (चैत २७गते ) बाट सुरु भएर १३ अप्रिल (चैत ३१ गते ) मा सकिनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले कतारको सामना गर्नेछ । सिरिजमा नेपाल र कतार सहित घरेलु टोली हङकङ तथा कुवेतको सहभागिता रहनेछ ।
नेपालको खेल तालिका यसप्रकार छ :
कतारविरुद्ध अप्रिल ९ (चैत २७) मा
कुवेतविरुद्ध अप्रिल १० (चैत २८) मा
हङकङविरुद्ध अप्रिल १२ (चैत ३०) मा
फाइनल र तेस्रो स्थानका लागि खेल अप्रिल १३(चैत ३१) मा
क्यानका अनुसार सन्दीप लामिछाने शल्यक्रियाबाट रिकभर गर्दै गरेकाले र अनिल साहले चोटका कारण सिरिज गुमाउने छन् ।
नेपाली टोली
रोहित पौडेल(कप्तान), आसिफ शेख, लोकेश बम, बासिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुलशन झा, कुशल मल्ल, कुशल भुर्तेल र शहाब आलम ।
