बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल संगै आज एक कार्यक्रम का बिच ब्यवस्थापन समिति का पदाधिकारीहरुलाई बिदाई गरिएको छ। समितीको कार्यकालचैत्र महिनाको ०२ गते सकिएको भएपनि आज एक कार्यक्रम का बिच बिदाई गरिएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारी हरिश पन्तले बताए।
यस्तै जिल्ला अस्पताल बैतडीका लागी नयाँ नेतृत्व अझै टुङ्गो लागेको छैन। यस वर्ष बैतडी अस्पतालको चार अङ्क घटेर ८९ पुगेको छ । गएको वर्ष ९३ अङ्क प्राप्त गरेको बैतडी अस्पतालले यस वर्ष चार अङ्क कम पाएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताउनुभयो । अस्पतालमा जनरल फिजिसियन डाक्टर नहुनुले अस्पतालको अङ्क घटेको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘‘अन्य कुरामा बरु सुधार भएको छ । तर अस्पताल व्यवस्थापन समिति र जीपी डाक्टर नहुनुको कारण यस वर्ष अङ्क घट्यो।
सीमित पूर्वाधार र उपकरणका बावजुद समेत अस्पतालले उत्कृष्ट सेवा दिने प्रयास गरिरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘१५ शय्याको मात्रै दरबन्दी रहेको अस्पतालमा अहिले करिब ५० शय्या बराबरको सेवा उपलब्ध गराइरहेका छौँ । सरकारले ५० शय्याको दरबन्दी स्वीकृत गरिदिने हो भने अस्पतालको सेवा प्रवाहको गुणस्तार अझै वृद्धि हुने थियो ।’’
