बैतडीको सुर्नया गाउँपालिका वडा नं ४का अध्यक्षकाे कार्यकक्षमा ताला खुलेकाे छ ।
युवाहरुले विभिन्न माग राख्दै बुधवार देखि अध्यक्षकाे कार्यकक्षमा लगाएकाे ताला आज खुलेकाे हाे ।
युवाहरु र वडा अध्यक्ष विच छलफल भएर माग सम्बाेधन गर्ने सहमति पछि ताला खुलेकाे हाे ।
जनप्रतिनिधि जनसेवककाे भुमिकामा भन्दा व्यक्तिगत स्वार्थ पुरागर्न उद्दत भएकाले ताला लगाउनु गर्नु परेकाे र माग सम्बाेधन गर्न अझै वेवास्ता गरिए फेरि आन्दोलनमा उत्रिने युवाहरुकाे चेतावनी छ ।
वडामा बिरामी बाेक्ने स्टेचरकाे ब्यवस्था गर्नुपर्ने,वडा भित्रका बिभिन्न कार्यक्रम र योजनाहरुको अनियमितता माथि छानबिन गर्नुपर्ने,वडा कार्यालमा शौचालय निर्माण गर्नुपर्ने,टेन्ट खदिमा भएको अनियमितता माथि छानबिन गर्नुपर्ने लगायतका माग र आरोप लगाउदै युवाहरुले वडा अध्यक्षको कार्यकक्षमा ताला लगाएका थिए ।

