बैतडी – बैतडीको पाटन बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन चैत २७ गते हुने भएको छ। सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।
नेविसंघको उम्मेदवारी
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट माधवी भट्टले सभापतिमा उम्मेदवारी दिएका छन्। सचिव पदमा चाहना बिष्ट, कोषाध्यक्षमा कौशिला साउँद, र सदस्य पदमा सिता विक, मालती बिष्ट, कविता महरा, र हिरा विकले उम्मेदवारी दिएका छन्।
अखिल क्रान्तिकारी र अनेरास्ववियूको साझा उम्मेदवारी
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी र नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले साझा रूपमा सभापतिका लागि संजय कुमार भण्डारीलाई उम्मेदवार बनाएका छन्।सचिव पदमा प्रकाश भट्ट, कोषाध्यक्षमा गजेन्द्र चुनारा, र सदस्य पदमा सन्तोष जोशी, यमुना पेला, कविता कुमारी महरा, र यसोदा ऐरी रहेका छन्।
स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवारी
जनजागरण स्वतन्त्र विद्यार्थी युनियनबाट गौतम प्रसाद अवस्थी सभापतिका उम्मेदवार छन्। सचिव पदमा कमला भट्टराई, कोषाध्यक्षमा दिनेश प्रसाद भट्ट, र सदस्य पदमा आकाश पन्त, विवेक सिंह मडै, प्रकाश दत्त भट्ट, र मनिसा कठायत रहेका छन्।
चैत २७ गते हुने निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको छ। उम्मेदवारहरू प्रचारप्रसारमा सक्रिय छन् भने विद्यार्थीहरूमा पनि मतदानप्रति चासो बढ्दै गएको छ।
