बझाङ : बझाङ थलारा गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा तर्फ गइरहेको ट्याक्टर थलारा २ कफलफाँडा नजिक पारमुल भन्ने ठाउँमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा थलारा २ कफलकाँडाका स्थानीय कौमले खाती र जसे खातीको मृत्यु भएको छ भने चालक खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । ट्याक्टर सडकभन्दा झण्डै एक किलोमिटर तल खसेको वडाध्यक्ष रविन्द्र बहादुर खातीले बताउनुभयो । उहाँका अनुसार दुबै जना स्थानीयको घटनास्थलमै मृत्यु भएको छ ।

गम्भीर घाइते चालक कैलालीका खुशीराम चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ । दुर्घटना स्थलमा बगडा प्रहरी चौकीको टोली खटिएको छ। उक्त ट्याक्टर नम्बर खुलेको छैन । ट्याक्टर वडाध्यक्ष खातीको रहेको बताइएको छ ।

हरिशचन्द्र भाट

Leave a Reply