बैतडी : पाटन नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कृष्ण मावि पाटनले जितेको छ । गत माघ १६ गते देखि ज्ञानेश्वर नमुना मावि पाटन ९ बिजयपुरको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ८ स्वर्ण,३ रजत, ४ कास्य सहित १५ पदक हात पार्दै उपाधी जितेको हो ।
प्रतियोगितामा सिगास मावि पाटन ३ गुरुडा ६ स्वर्ण, ४ रजत र २ कास्य सहित द्धितिय स्थान हात पार्न सफल भएको छ । सिद्धनाथ मावि पाटन ३ सिलङगाले तृतिय स्थान हासिल गर्न सफल भएको हो ।
प्रतियोगितामा मावि तहका १५ वटा बिद्यालयहरुको सहभागिता रहेको थियो । शनिबार सम्पन्न प्रतियोगिताको उद्धघाटन माघ १६ गते नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गर्नुभएको थियो ।

Manmohan singh Bist

Leave a Reply