काठ्मान्डौ: जरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै पत्रकारहरू बसेको टेन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
यसअघि इजरायली सेनाले केन्द्रिय डेइर अल–बलाहका पाँच वटा बस्तीका बासिन्दालाई तत्काल खाली गर्न आदेश दिँदै गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिहरूले ज्यान गुमाएका थिए ।
