जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको बिषयमा सिडिओ र समन्वय प्रमुखको ध्यानाकर्षण गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुखलाई जेनजीले उठाएको माग र बिषयबस्तुको बारेमा जानकारी गराएका हुन् ।
आफूहरूले उठाएका मागहरूका बिषयमा प्रजिअ र समन्वय समिति प्रमुखको उपस्थितिमा छलफल गरिनुपर्ने माग राख्दै आज उनीहरुको ध्यानाकर्षण गरिएको जेनजी अगुवा बिशाल भट्टले जानकारी दिए ।
युवाहरूले माग गरेका सूचना उपलब्ध गराउनु पर्ने र तत्काल स्वतन्त्र छानबिन समिति गठन गरिनु पर्ने, युवाको क्षेत्रमा बजेट बिनियोज्न गरि तत्काल युवा परिषद गठन गरिनुपर्ने, दरबन्दीबिहिन करारका कर्मचारी खारेज गरिनु पर्ने,आलेप र मलेपले भने बमोजिमको असुलउपर गर्नु पर्ने रकम तुरुन्तै गर्नुपर्ने लगायतका मुख्य माग अघि सारिएका उनले बताए ।
आफुहरुले उठाएका मागको सुनुवाइ नहुदासम्म ताला नखुल्ने पनि अडान कायम रहेको भट्टले बताए । आफूहरूले गलत मनसायले गाउँपालिकामा तालाबन्दी नगरेको स्पष्ट पार्दै माग पूरा नभए सम्म ताला नखोलिने उनीहरुको बताएका छन् ।
यस्तै सुर्नयाको जेनजी समूह कुनैपनि प्रलोभनमा नपरी जनताको साथमा रहने र पालिकामा शुसासनको प्रत्याभूति दिन चाहेको जेनजी अगुवाहरूले स्पष्ट पारेका छन् ।
युवाहरूले उठाएको मागहरूको सुनुवाइ नभएको भन्दै गएको शुक्रबार जेनजी समूहले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

