काठमाण्डौ : नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संयमित हुन जेनजीलाई आग्रह गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थालाई मध्यनजर गर्दै अब संयमित भएर अघि बढ्न आन्दोलनरत पक्षलाई आग्रह गरे ।

घिसिङले भनेका छन्, ‘सार्वजनिक सम्पत्ति तपाईं हाम्रै करबाट बनेको हो, त्यसको तोडफोड नगरी संयम अपनाउनु जरुरी छ । अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो ।’

युवापुस्ता र आन्दोलनमा संलग्न संस्थाहरूलाई धैर्य, आत्ममूल्यांकन र सहकार्यको भावनाबाट अघि बढ्नसमेत घिसिङले आग्रह गरेका छन् । उनले जेनजीसहित अन्तरिम चुनावी सरकार गठन गरी मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यमान संकटबाट निकास दिन आवश्यक रहेको बताएका छन् ।

देश परिवर्तनको संवेदनशील मोडमा उभिएको अवस्थामा विधिसम्मत, विवेकसम्मत र समन्वयात्मक बाटो नै प्राथमिकता हुनुपर्ने र यसैबाट ऊज्यालो नेपाल सम्भव हुने विश्वास घिसिङको छ ।

हरिशचन्द्र भाट

Leave a Reply