बैतडी : बैतडीको सुर्नया गाउपालिका वडा ०४ का युवाहरु आन्दोलित भएका छन। उनिहरुले सुर्नया गाउपालिका वडा नम्बर ०४ को वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन।

उनिहरुले गाउघरमा बिरामी बोक्न स्टेचरको खाचो भएको र त्यसको माग राख्दा वडा अध्यक्ष प्रताप महराले धम्की दिएको समेत औंल्याएका छन।

आफुहरुले बिरामी बोक्ने स्टेचरको व्यवस्था मिलाइन दिन वडा अध्यक्षसग कुरा गर्दा उल्टै धम्की दिएको सुर्नया गाउपालिका वडा नम्बर ०४ का युवा प्रकाश साउदले बताए। जनप्रतिनिधि नै जनताको पछमा नभए पछि आफुहरुले वडामा ताला लगाएको युवाहरूको भनाइ छ ।

तत्काल शान्तिपूर्ण रुपमा आफुहरु रहेको र माग पूरा नभए जे पनि हुन सक्ने उनिहरुको भनाइ छ । देश भर जेन जि को आन्दोलन चर्कीरहदा उनीहरुले पनि शान्तिपूर्ण रुपमा आन्दोलन गरि तत्काल आफ्नो माग पूरा गर्न र वार्तामा आउन आह्वान समेत गरेका छन।

हरिशचन्द्र भाट

Leave a Reply