बैतडी : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको र्सनया गाउपालिका वडा नम्बर ०४ सन्सेरीमाण्डौ सम्म भोलिबाट प्रत्यक्ष बस सेवा सञ्चालनमा आउने भएको छ।
महाकाली बहुउद्देश्यीय यातायात प्रालिले यही असोज २६ गतेदेखि बस सेवा सुरु गर्ने तयारी गरेको यातायात व्यवसायी जनकराज भट्टले जानकारी दिए।
उनका अनुसार बस महेन्द्रनगरबाट खोड्पे, मोतीनगर, शंकरपुर र रौलेश्वर हुँदै सनशेरीमाण्डौंसम्म सञ्चालनमा आउनेछ। सोही रुट हुँदै सनशेरीमाण्डौंबाट पनि महेन्द्रनगरतर्फ बस सञ्चालन हुनेछ।
यात्रुहरूको सहज आवागमनका लागि नयाँ बस सेवा सुरु गर्न लागिएको बताइएको छ। नेपाल सरकारले तोकेको भाडादर अनुसार टिकट लिइने भट्टले जानकारी दिए।
बस हरेक दिन बिहान ७ बजे महेन्द्रनगर र सनशेरीमाण्डौं दुवैतर्फबाट छुट्नेछ।
यो सेवा सञ्चालनमा आएपछि स्थानीय तथा यात्रुहरूलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।
